बृहत सांगीतिक कार्यक्रमको तयारी पूरा, नयाँ वर्ष भब्यरुपमा मनाउन कोरियाबासी नेपालीलाई अपिल

482

नेपाली नयाँ वर्षको अवसरमा पुर्वाञ्चल सरोकार समाजले आयोजना गरेको बृहत सांगितिक कार्यक्रमको सम्पूर्ण तयारी भएको आयोजकले जनाएको छ ।

कोरियामा रहेका नेपालीहरु सँग नयाँ वर्ष मनाउन भ्वाइस अफ नेपालका विजेता सिडी विजय अधिकारी, चर्चित गायिका श्रेयसी चेम्जोङ, हट डान्सर अनिसा न्यौपाने लगायतको टोली कोरिया आउने भएका हुन् ।

नेपाली नयाँ वर्षलाई धुमधामसँग मनाउन नेपाल देखि चर्चित कलाकारहरु ल्याएर यसपालीको नयाँवर्ष विशेष तरिकाले मनाउन लागिएको आयोजकले जनाएको छ। कार्यक्रममा उपस्थित भएर भरपुर मनोरोञ्जन लिन कोरियामा रहेका नेपालीहरुलाई विशेष आग्रह गरिएको छ ।

अप्रिल २१ तारिक दिउसो १२ बजे देखि जोगेसा गुम्वा हलमा आयोजना हुने उक्त कार्यक्रममा जानको लागि ट्रेन लाईन नम्वर १ बाट छोगांक स्टेसनको २ नम्वर गेट बाट सिधा ३ मिनेट हिडेर पुगिनेछ ।

गायक सिडी विजय अधिकारी, चर्चित गायिका श्रेयसी चेम्जोङ, हट डान्सर अनिसा न्यौपानेले स्टेजमा धामाका मच्चाउन सक्ने कलाकार भएकाले कार्यक्रम भब्य हुने आयोजकले जनाएको छ ।

स्टार रेमिटको सेवा
कार्यक्रममा नेपालीहरुको रेमिट स्टार रेमिटको एप दर्ता गर्ने सुविधा राखिएको छ। स्टार रेमिट एप दर्ता गर्दा पहिलो पटक ५ हजार वन निशुल्क कुपन प्राप्त गर्न सकिन्छ । अटो डेविट र म्यानुअल दुवै सिस्टम भएको स्टार रेमिट अहिले नेपालीहरुले मनपराएको रेमिटेन्स हो । एप दर्ताका लागि एलियन कार्ड, कोरियाको बैंक खाता, र पासपोर्ट आवश्यक पर्दछ ।
सरल, छिटो र सुरक्षित सेवा दिदै आएको स्टार रेमिटको मुख्य कार्यालय दोगंदेमुन ३ नम्वर गेटसँगै रहेको छ । स्टार रेमिट मार्फत पैसा पठाउदा नेपालको जुनसुकै बैक र जुनसुकै ठाँउबाट नगद लिन सकिन्छ ।

प्रतिक्रियाहरू