बैदेशिक रोजगारीमा जाने ३८ प्रतिशतले घटे, रेमिट्यान्स २३ प्रतिशतले बढ्यो

470

गएको साउनदेखि फागुनसम्म विदेश काम गर्न जाने नेपालीको संख्या अघिल्लो वर्षको तुलनामा ३८ प्रतिशतले घटेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार यो अविधमा पहिलोपटक विदेश जानेहरुको संख्या ३८प्रतिशतले घटेको हो।

नेपालीका लागि आकर्षक मानिएका अधिकांस गन्तव्यमा नेपालीको संख्या घटेको छ।तथ्यांकअनुसार कतार,साउदी अरब, बहराइन,मलेसिया, ओमनमा कामको खोजीमा जाने नेपालीको संख्यामा गिरावट आएको छ।

यो वर्ष फागुनसम्म १ लाख ५२ हजार १९ जना श्रम स्वीकृति लिएर विदेशीएका छन्। अघिल्लो वर्ष यही अवधिमा २ लाख ४६ हजार ३२४ गएका थिए।
अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) का आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या अघिल्लो वर्ष यही अवधिमा ५.४ प्रतिशतले घटेको थियो।

काम गर्न जाने नेपालीको संख्या घटेपनि उनीहरुले कमाएर नेपाल पठाउने रेमिट्यान्स भने बढेको छ। यो अवधिमा रेमिट्यान्स ५ खर्ब ८२ अर्ब १९ करोड आएको छ। यो अघिल्लो वर्षको तुलनामा २३.४ प्रतिशतले बढी हो। अघिल्लो वर्षको अवधिमा रेमिट्यानस ४.९ प्रतिशतले बढेको थियो ।

यो वर्ष नेपाली रुपैयाँमा ठूलो बृद्धिदर देखिएपनि अमेरिकी डलरमा भने खासै ठूलो बृद्धिदर छैन। अमेरिकी डलरमा ११.६ प्रतिशतले बढी आएको छ।

सेतोपाटि

 

प्रतिक्रियाहरू