बोनम्यारो पीडित भुपेश कोरियाबासी नेपाली सग जीवन रक्षाको अपिल गर्दै

739

 

रुकुम जिल्ला सिस्ने गाउपालिका -८ निबासी २४ बर्षिय भुपेश नाथले कोरियामा रहेका नेपाली दाजुभाइ दिदिबहिनि हरु सग आफ्नो जीवन रक्षा लागि अपिल गरेका  छन् ।

बिगत केही समय देखि प्राणघातक मानिने बोनम्यारो रोगबाट पिडित भएका भुपेश ले उपचारका क्रममा आफ्नो सम्पुर्ण जायजेथा सकिए पश्चात् सहयोग को लागि अपिल गर्दै देश बिदेशमा रहेका नेपाली हरु सग  हारगुहार गरेका हुन् ।

हाल मिनभबन स्थित सिभिल अस्पतालमा उपचार गराइरहेका भुपेशको स्वास्थ्य स्थिती दिनानुदिन बिग्रदै गएको बताइएको छ ।साथै उक्त रोगको उपचार नेपालमा सम्भब नहुने भएकोले भारत लैजान चिकित्सकले सुझाब दिएको उनका बुबाले बताए।घरको आर्थिक अबस्था अत्यन्तै कमजोर रहेको कारण थप उपचारको लागि अझै भारत लैजान नसकेको भन्दै आफुले सकेको सानो सहयोग गर्न सबैलाइ अनुरोध गरेका छन् ।

भुपेश एक संगीतकर्मी समेत रहेका कारण उनलाइ बचाउन चर्चित गायक प्रमोद खरेल ले पनि सामाजिक संजालमा आह्वान गर्दै सहयोगको लागि अपिल गरेका छन् ।

कोरियामा रहेका दानबिर दाजु भाइ दिदी बैनिहरुले धेरै पिडितहरुलाइ सहयोग गरेर बचाउनु भएको कारण आफुलाइ पनि बचाउने कुरामा बिश्वस्त रहेको भुपेशले बताए । साथै एन आर एन ,एन सि सि , उद्योगी, ब्यबसायी ,मजदुर दाजु भाइ दिदी बहिनी , लगायत विभिन्न संघ सस्था सबैमा सानो सहयोगको लागि हार्दिक अपिल गरिएको छ ।

सहयोगको लागि खाता नम्बर : ७३०-१२१-६२७५४२ ( ख्वाङ्जु बैक / कोड न• ०३४)

बिरामी (भुपेश ) सम्पर्क : ९८१२८६३४४५

कोरियामा सम्पर्क यसन्त सन्यासी : ०१०६४६८२६१५ / ०१०५९३८६२८०

 

प्रतिक्रियाहरू