भलिवल टीम दर्ताका लागि आव्हान, आउदो आइतवार टाइसिट सार्वजनिक गरिने

1412

आनसान नेपाली समाजले जुन ३० तारिक आइतवार आयोजना गर्न लागेको “FIRST NEPALESE FRIENDS CIRCLE VOLLEYBALL TOURNAMENT ANSAN 2019” को लागि टीम दर्ताको लागि आव्हान गरेको छ ।

नेपाल भलिवल दक्षिण कोरियाको वार्षिक खेल तालिकामा उल्लेखित मिति तथा समय अनुसार यहि आउदो जुन २३ तारिक खेल टाइसिट निमार्णका लागि आनसान स्थित हिमालय रेष्टुरेण्टमा हुने कार्यक्रममा ईच्छुक संघ-संस्था एवं समूह ग्रुपका टिम संयोजक, प्रशिक्षक, क्याप्टेन वा सम्बन्धित संस्थाका प्रतिनिधिहरुलाई खेलाडीको नामावलि सहित उपस्थित भई टीम दर्ता र टाइसिट सार्वजनिक कार्यक्रम सहभागी भइदिन आयोजकले अनुरोध गरेको छ ।

मिति : २०१९ जुन २३ तारिख आईतबार ।
समय : दिनको ठीक ११बजे

सम्पर्क नम्बरहरु
1.Arun pratap Khand-010-9862-8342
2.Amrit Pathak -010-3640-8166
3. Balu Gurung-010-9797-3390
4. Bijaya Karki-010-4065-2336
5. Sushil Khand -010-5950-6822
6.Lokendra Bhattachan-10-3212-2033