भीभीआईपी र भीआईपीहरुको तानशाही चरीत्र उस्तै

104

नेपालमा आजसम्म भएका सबै राजनैतिक परिवर्तन र बिभिन्न आन्दोलनहरुको प्रमुख कारण भिभिआईपी र भीआईपी हरुको तानशाही चरित्रको कारण हो।

भिभिआईपी र भीआईपी हरुको तानशाही चरित्रका बिरुद्ध नेपालमा थुप्रै संघर्षहरु भएपनि राणाशासन कालदेखी हालसम्म पनि परिबर्तित भिभिआईपी र भीआईपी हरुको नैतिक चरित्रमा कुनैपनि भिन्नता आउँन सकेको छैन। जस्ले जनता पुनं चरम निरासाको उत्कर्षमा पुग्न लागेको देखिन्छ फलस्वरुप यो ब्यबस्था औचित्य नै समाप्त भएको देखिन्छ भने यही अबस्थाले निरन्तरता पाईरहेमा जनताकै संघर्षले प्राप्त यो ब्यबस्थाको बिरोधमा जनता पुनं सडकमै आउनुपर्ने बाध्यता सिर्जना गर्न सक्छ ।

-- Ad --


चुनाबमा,बिभिन्न आमसभाहरुमा,बिभिन्न र्यालीहरुमा स्वतस्फूर्त रुपमा जनता उपस्थित नभएर तिनै जनतालाई रासन पानीको लोभ देखाएर होस या बाईक गाडीहरुमा तेल हाल्दिएर होस, अघिपछी जनताकै लावालस्कर चाहिँने नेताहरुलाई साधारण ओहोरदोहोर गर्न चाँहि किन त्यही जनता दुश्मन देखेर सुरक्षाकर्मीको लावालस्कर चाहिँने?? राम्रो कर्म गर जनताको सधैँ प्यारो हुनेछौ नत्र कुकर्म गरिराख्ने अनि सुरक्षाकर्मीको लावालस्कर संग मात्रै आँफूलाई सुरक्षित देख्नेहरु आँखा र कान खोलेर सुन, तिमीहरुको जस्तै तानाशाही चरित्रको कारण हिजोका सबै भिभिआईपि र भीआईपी हरुको जनताले उच्च सुरक्षाकै बिचबाट उठीबास लगाएका हुन । यही अबस्था रहिरहेमा तिमीहरु को हौ र ??जस्लाई उच्च सुरक्षाकै बिचबाट झिकेर जनताले पछार्न नसक्ने ???

  • समीप खेम पुन, बागलुङ हाल दक्षिण कोरिया