भुकम्प पिडित बालबालिका लागि आश्रयस्थल निमार्ण सहयोगार्थ कोरियामा फिर्के प्रदर्शन हुने, हास्यकलाकार सुलेमान सउलमा

0
3813

 


हास्य कलाकार सुलेमान शंकरका साथ दक्षिण कोरियामा चलचित्र फिर्के प्रदर्शन हुने भएको छ । भुकम्पबाट अभिभावक अर्थात आमाबुवा गुमाएका पिडित बालबालिकाका लागि स्नेह आश्र भवन निर्माण सहयोगार्थ फिर्के चलचित्र प्रदर्शन हुने भएको हो । च्यारिटी शोका साथ फिर्के यहि जुलाई २९ तारिख दोङ्देमून नजिकैको जोङगाकस्थित जोगेशा गुम्बा हलमा प्रदर्शन हुन लागेको छ । चलचित्र प्रदर्शनका लागि सुलेमान शंकर अहिले कोरियामा रहेका छन् । चलचित्र हेरेर भुकम्प पिडित बालबालिकाका लागि घर निर्माणमा सहयोग गर्न शंकरले कोरियामा रहेका सम्पुर्ण नेपालीलाई आग्रह गरेका छन् ।
केहि महिना अघि प्रदर्शनमा आइसकेको हास्यकलाकार सुलेमानको फिर्के नेपाल लगायत युरोपमा पनि प्रदर्शन भइसकेको छ । सुलेमानले ईकु, इकु ब्याकअगेन लगायतका चलचित्र निर्माण गरिसकेका छन् भने दर्जनौ फिल्ममा अभिनय गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here