Home लेख / साहित्य भू माफियाको नर्तन

भू माफियाको नर्तन

0
भू माफियाको नर्तन

भू माफियाको नर्तन
एटमको झिल्को बनेर
फिलिङो छोड्न मन छ
सबै अन्याय अत्याचारलाई
• साबुन पानीले धुन मन छ
सबै सार्बजनिक र प्रती जग्गाहरू
भू – माफियाले सखाप पारे तीनलाई
पाता कसेर लडाउन मन छ
बालुवाटार बिक्यो टुडिखेल बिकेको होइन नेताको नियत बिकेको छ।
सयौ रोपनी पर्ती गौचरण जनिएका सबै बिके
सयौ रोपनी पर्ती गौचरण जनिएका सबै बिके
त्यसैले त अब पड्काउने मन भो
एटमको झिल्को बनेर फिलिङो छोड्न मन छ
खै केही गरे नि सकिएन है यिनीहरूलाई
उज्यालो बिहान सङै कूचो लगाउन मन छ
फटाहा कुकुरहरू गोब्य्राउन तल्लीन छन् ।
बिजुलीको पोल देख्न हुन्न खुट्टा उचाले जस्तै
अहिलेका जनप्रतिनिधिहरूको आँखा सार्वजनिक जमिनमा छ
पख बिद्रोही निस्किनु परेको छ
अन्याय अत्याचार र बलात्कार विरुद्धमा खम्बा बनेर उभिनु छ
सुन्दर शान्त विशाल राष्ट्रनिर्माण एक ढिक्का हुनुपरेको छ
भू – माफिया विरुद्धमा एक ढिक्का हुनुपरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here