भोली आईतबार शउलमा जम्मा हुन मजदुर संगठनको आग्रह, WPS लागु गर्न दबाब सिर्जना गरौँ – मधुसुदन ओझा

645

कोरियामा प्रवासी श्रमिकहरुले आफ्नो हक अधिकारको लागि संघर्ष गर्न गठन गरेको प्रवासी मजदुर युनियन (एमटियु)ले संयुक्त राष्ट्र संघबाट घोषित ५३ अन्तरास्ट्रिय जातीय भेदभाब बिरुद्धको दिबसको अवसरमा कोरियन सरकारले प्रवासी श्रमिक लगायत सबै प्रवासीलाई भेदभाब गरी बनाइएको सबै नियम कानुन खारेज गर्नु पर्ने, प्रवासी श्रमिकले स्वइच्छाले कम्पनी परिबर्तन गर्न पाउनु पर्ने, खाने बस्ने खर्च सम्बन्धी निर्देशिका खारेज गर्नु पर्ने, प्रबासी श्रमिकको तलब घटाउन पाउनको लागि बनाउन लागिएको कानुन फिर्ता लिनुपर्ने, इपिएस अन्तर्गतको श्रमिकले थेजिकगुम कोरियामै पाउनु पर्ने, ३ बर्ष पछि गरिने १ बर्ष १० महिनाको सम्झौता कम्पनी मालिकको बिना सहमति गर्न पाउनु पर्ने, आफ्नो परिवार झिकाउन पाउनुपर्ने जस्ता नियम परिवर्तनको लागि एम.टि.युले निरन्तर आवाज उठाउँदै आइरहेको छ।

साथै ५ बर्ष भन्दा बढी अवधिसम्म काम गर्नु पाउनु पर्ने, कम्पनी परिबर्तन गरेको श्रमिकले पनि कमिटेड श्रमिकको रुपमा आउन पाउनु पर्ने, कृषि क्षेत्रमा कार्यरत श्रमिकलाई भेदभाब गर्ने मजदुर कानुनको धारा ६३ खारेज गर्नु पर्ने नियममा पनि परिवर्तण हुनु पर्ने एम.टि.यु को माग रहेको छ।

यि बिबिध मागको साथै कृषि क्षेत्रको श्रमिकले उत्पादन क्षेत्रमा जना पाउनु पर्ने, बिना भिषा काम गरिरहेको प्रवासी श्रमिकलाई धरपकड गर्न बन्द गर्नु पर्ने लगायतको माग गर्दै यहि मार्च १७ तारिक युएनबाट घोषित ५३ औँ अन्तर्राष्ट्रिय जातीय भेदभाब बिरुद्दको दिबसको अवसरमा सउल सिटि हल फाइनान्स बिल्डिंग अगाडी दिनको १.३० बजे बृहत र्यालीको आयोजना गर्न गई रहेकोले सबै प्रवासी श्रमिकहरु सहभागी भईदिनु हुन एम.टि.यु ले सबैलाई सहभागीताको हार्दिक आह्वान गरेको छ।

मिति : २०१९ मार्च १७ तारिक आईतबार
स्थान : सउल सिटि हल फाइनान्स बिल्डिंग अगाडी
समय : दिनको १.३० बजे , सउल रेल लाइन न १ र २ गेट न ४

 

प्रतिक्रियाहरू