भ्रष्ट्राचारको अभियोगमा दक्षिण कोरियाका पुर्वराष्ट्रपति ली म्यङ बाकलाई १७ वर्षको जेल सजाय

1182

दक्षिण कोरियाका पुर्वराष्ट्रपति ली म्यङ बाकलाई भ्रष्टाचारको अभियोगमा १७ वर्षको जेल सजाय सुनाइएको छ । सउल उच्च अदालतले आज घुसखोरी, भ्रष्टाचार जस्ता दर्जनौ अभियोगमा लीलाई उक्त सजायको फैसला सुनाएको हो ।
अदालतले सन् २ हजार ८ देखि १२ सम्म राष्ट्रपति भएका लीलाई १ करोड १० लाख अमेरिकी डलर जरिमाना पनि तोकेको छ । सउल उच्च अदालतले लीको जमानत खारेज गर्दै थुनामा राख्न पनि आदेश दिएको छ ।
स्वास्थ्य अवस्थालाई लिएर गत वर्षको मार्चमा जमानतमा रिहा गरिएको थियो । तर यहि जनवरीमा सरकारी वकिलले भ्रष्टाचार अभियोगमा लीलाई २३ वर्षको जेल सजाय माग गरेका थिए ।

तस्बिर- योंहाप

प्रतिक्रियाहरू