भ्रष्ट्राचारको आरोप लागेका एक कोरियन नेता द्वारा सुसाइड नोट लेखेर आत्महत्या

4362

केहि समय देखि भ्रष्ट्राचारको छानबिनमा परेका कोरिया जस्टिक पार्टीका संसदीय दलका नेता  रो होए चनले सुसाइड नोट लेखेर आत्महत्या गरेका छन् l कोरियन समाचार एजेन्सीका अनुसार ” मिस्टर क्लिन” उपनामले चिनिने उनलाई ५ करोड घुस लिएको आरोपमा छानबिन चलिरेको थियो l
सोमबार  राजधनी सोल नजिकै रहेको नाम्सान टाउन अपार्ट को १३ औं तल्ला बाट  हामफालेका उनलाई  प्रहरीले उनको साथमा रहेको  आइडी कार्डको आधारमा पत्ता लगाएको थियो l उनको घटना स्थलमै मृत्यु भएको थियो l उनको साथ बाट प्रहरीले सुसाइड नोट समेत फेला पारेको छ l
नेता रो लाइ सन् २०१६मा राजनीति पावरको दुरुपयोग गरि ५ मिलियन कोरियन वन अर्थात ४४ हजार ३ सय अमेरिकी डलर भ्रष्ट्राचार गरेको आरोप छ l उनि एक दीन आगी मात्र अमेरिका बाट फर्किएका थिए l

 

प्रतिक्रियाहरू