मधेशी समाज दक्षिण कोरियाले गर्यो बिबिध सांस्कृतिक कार्यक्रमको साथमा नयाँ कार्यसमिति गठन

489

मधेशी समाज दक्षिण कोरियाले कोरियाको महान पर्व छुसक २०१९ को अवसर पारी पर्यटकीय भ्रमण तथा बृहत् सांस्कृतिक कार्यक्रमको आयोजना गरी विभिन्न सांगितिक एवम् साहित्यिक कला प्रस्तुतिहरूका साथ संस्थाको औपचारिक बैठक, नयाँ कार्यसमितिको गठन एवम्  स्वागत तथा विदाई कार्यक्रम सम्पन्न गरेको छ। यस संस्थाले कोरियामै हुनुहुने नेपाली साथीहरूले आफुभित्र रहेको कला र प्रतिभालाई प्रदर्शन र अभ्यास गरी अझै उजागर गर्न पाऊन् भन्ने उद्देश्यले कोरियामै हुनुहुने मधेशी नेपाली कलाकार साथीहरूलाई लक्षित गरी कला प्रदर्शनको लागि अवसर र मंच प्रदान गर्ने गरेको छ।

कार्यक्रमको पहिलो दिन सेप्टेम्बर १३ तारिख  विभिन्न सांगितिक एवम् साहित्यिक कला प्रस्तुतिहरूका साथ संस्थाको औपचारिक बैठक, नयाँ कार्यसमितिको गठन एवम्  स्वागत तथा विदाई कार्यक्रम सम्पन्न भएको थियो। यसक्रममा यस पटकको कार्यक्रममा कलाकारहरू मिना सुनुवार (गीत तथा नृत्य), प्रकाश मेहता (नृत्य), राजेश महतो (नृत्य), रामकुमार मेहता (गीत), कृष्णकुमार सिंह (गजल वाचन), संगम कोईरला (गीत), अरुण मेहता (गीत तथा हास्यव्यंग्य), नवीन कुश्वाहा (गीत) एवम् बिक्रांत बिक्रम कर्ण (गजल तथा नृत्य) ले आ-आफ्नो प्रस्तुतिले कार्यक्रमलाई मनोरंजनात्मक र उल्लासपूर्ण बनाउनु भएका थिए। पेरदेशमा  भएपनि आफ्नो संस्कृति र पहिचानलाई सम्मान र अंगीकार गर्नुका साथै  विश्व समुदायसामु चिनाउने पर्छ भन्ने अभिप्रायले कार्यक्रममा प्रस्तुत नृत्य, गीत, गजल, हास्यव्यंग्य सम्पूर्ण कलाहरू मधेशको परिवेश, पहिचान, संस्कृति र विशेसताले भरिएका थिए। यसका साथै कार्यक्रममा कोरिया तथा संस्थामा नवप्रवेशी मित्रहरूलाई स्वागत तथा आफ्नो कार्यअवधि समाप्त गरी स्वदेश फर्किनुहुने साथीहरूलाई सम्मानका तथा विदाई पनि गरिएको थियो। साथै स्थापना कालदेखि सल्लाहकारको रूपमा रहनु भएका ब्यक्तित्व मुकुंदकुमार कर्ण लगायत सम्पूर्ण कलाकार हरूलाई पनि अविर टिका, खादा र  सम्मान-पत्रले सम्मानित गरियो। त्यसैगरी संस्थाको पूर्व अध्यक्ष एवम् वर्तमान सल्लाहकार श्याम महतो आफ्नो कार्यकाल सकेर स्वदेश फर्किने हुनु भएकोमा वहाँलाई विशेष सम्मान र आगामी भविष्यको शुभकामनासहित विदाई गरियो। कार्यक्रमलाई अरुण मेहता र ज्योति मेहताको युगल टिमले संचालन गरेको थियो भने संस्थाको अध्यक्ष अरबिंद कुमार मेहताको विशेष निर्देशन रहेको थियो। कार्यक्रमको दोस्रो दिन 2019.09.14 सामूहिक रूपमा दान्यांग स्थित प्रसिद्ध ऐतिहासिक गुफाको भ्रमण तथा नदीमा राफ्टिंग गरी आपसी प्रेम र भाईचाराका तथा हर्ष र उल्लासपूर्वक कार्यक्रमको समापन गरिएको थियो।

प्रतिक्रियाहरू