महासचिबले गल्ति स्वीकारेपछि बुद्व प्रतिमा स्थापनाको बिषयलाइ लिएर एनसीसी कोरिया भित्रको बिबाद अन्त्य

59

गत बर्ष एनसीसीको संयोजकत्वमा कोरियामा स्थापना गरिएको बुद्व प्रतिमाको आर्थिक पाटोलाई लिएर नेपाली सम्पर्क समिति भित्रको किचलो अन्त्य भएको छ l उक्त समयमा उठेको रकम हिनाबिना भएको भन्दै महासचिब निर्मल बेल्बासेले एकल हस्ताक्षरित् बिज्ञप्ति जारि गरेपछि बिबाद थप चर्किदै आइरहेको थियो l

 

गत हप्ता आइताबार एनसिसिको बैठकमा महासचिब बेल्बासेले आफु बाट गल्ति भएको स्वीकार्दै अब आइन्दा यस्तो गल्ति नदोहोर्याउने प्रतिबद्वता जाहेर गरेपछि हाललाइ उक्त बिबाद अन्त्य भएको एनसिसिले जनाएको छ l हाल सम्म सबै पक्ष बाट भए गरेका गल्ति कमजोरीहरुलाई सुधार गरि संस्थाको बृहत हितमा अगाडी बढ्ने प्रतिबद्वता समेत भएको बताइएको छ l

 

यसै बिषयलाई लिएर बुद्व प्रतिमा स्थापना सचिवालय दक्षिण कोरियाले एनसीसी महासचिब निर्मल बेल्बासेलाइ एक हप्ताको अल्टिमेटम दिदै सचिवालयमा सम्पर्क राख्न बिज्ञप्ति जारि गरेको थियो l

प्रतिक्रियाहरू