माझी बस्तीलाई कोरियाबाट ४ लाख ५६ हजार रुपैयाँ सहयोग :

0
68

 

श्वेताश्री फाउन्डेसन द्वारा निर्माणाधीन एकीकृत नमुना  माझी बस्तिको लागि कोरियाबाट ४ लाख ५६ हजार रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण
बस्ती निर्माणमा आर्थिक संकट रहेको भन्दै सहयोगको निम्ति कोरिया वाशि नेपालीहरु लाइ अपिल आएपछि कोरियामा कार्यरत स्वतन्त्र राष्ट्रप्रेमि युवाहरुको पहलमा कोरियाबासी सहयोगी भावना भएका नेपाली दाजुभाइ तथा दिदिबहिनिहरु बाट संकलित सहयोग रकम स्वेता श्री फाउन्डेसनको पहलमा निर्माणको अन्तिम चरणमा रहेको सिन्धुपाल्चोक साँगाचोक १४ झ्याडि स्थित(५३ घर) एकिकृत नमुना माझी बस्ती निर्माणको लागि फाउन्डेसनलाई रु ४ लाख ५६ हजार ४ सय ७० रुपैयाँ सहयोग रकम हस्तान्तरण गरिएको  छ l
राष्ट्रियता, मानवता, आत्मियता, एकता , भाइचारा , सद्भाव र सकारात्मक संदेश छर्ने उदेश्य बोकेर संगठित भएका सामाजिक, परोपकारी र राष्ट्रप्रेम भावना भएका जुझारु युवाहरु द्वारा संचालित अभियान ” ‘स्वतन्त्र राष्ट्रप्रेमी सचेत नेपाली एकता अभियान ” को बिसेस टिमको पहलमा संकलित उक्त रकम अहिलेको टेलिभिजन जगतकै सबै भन्दा लोकप्रिय कार्यक्रम “सिधा कुरा जनता संग” कार्यक्रमका प्रस्तोता राष्ट्रप्रेमी तथा समाजसेवि पत्रकार रबि लामिछानेको बिशेष रोहबरमा कार्तिक १७ गते शनिबार फाउन्डेसनका अध्यक्ष तथा अभिनेत्री स्वेता खड्कालाई हस्तान्तरण गरिएको हो l
बस्ति निर्माणमा आर्थिक अभाब भएको भन्ने समाचार प्रकाशित भएपछी कोरियामा रहेका केहि जागरुक युवाहरु रकम संकलन अभियानमा जुटेका थिए l करिब १ महिनाको अभियानबाट संकलित उक्त रकम एक कार्यक्रमका बीच हस्तान्तरण संयोजक अभियानकर्ता राम दत्त जोशी (नेपालको राम) तथा कोरियाबाट फर्केका सामाजिक अभियन्ताहरुको उपस्थितिमा हस्तान्तरण गरिएको हो l
हस्तान्तरण कार्यक्रममा बोल्दै संयोजक जोशिले सम्पूर्ण सहयोगी दाता परोपकारि राष्ट्रप्रेमी मनहरुलाई बिशेष धन्यवाद प्रकट गर्दै यसरि राष्ट्र निर्माणमा जुटेको फाउन्डेसनलाइ सहयोग गर्न पाउदा खुशि व्यक्त गरे l
प्रवाशमा रहेर पनि राष्ट्र निर्माणमा चासो राख्नु हुने, माझी बस्ती निर्माणमा सहयोग र साथ दिनुहुने सम्पुर्ण अभियन्ताहरु तथा मनकारी सहयोग दाताहरुमा हृदय देखिनै आभार प्रकट गर्नु भएको छ।
रोजगारिका लागि कोरियामा आएका केहि राष्ट्रप्रेमि सचेत नागरिक सर्कलहरु द्वारा खोलिएको “स्वतन्त्र राष्ट्रप्रेमी सचेत नेपाली एकता अभियान ” ले यसभन्दा पहिला पनि सप्तरीको बर्दिबासमा मुसहर बस्ति निर्माणार्थ एक दिने श्रमदान सहित धुर्मुस सुन्तली फाउन्डेसनलाइ रु १२ लाख,महाबिर पुनको राष्ट्रिय आबिस्कार केन्द्रलाइ रु.१४लाख रुपैयाँ र सामाजिक अभियन्ता के पि खनाल द्वारा बाजुरामा निर्माणाधिन अनाथालयको लागि २ लाख १२ हजार रुपैयाँ भुकम्प , बाढि पहिरो र महामारि लगाएत अन्य विभिन्न परोपकारी कार्यमा निरन्तर आर्थिक सहयोग तथा साथ दिदैँ नेपाल आमाका घाउ चोटहरुमा मल्हम लगॉउदै आइरहेको छ।
स्वतन्त्र राष्ट्रप्रेमि अभियानका प्रमुख अभियान्ता यम श्रेष्ठले भने ” राष्ट्रनिर्माण ,भावि पुस्ताको भविष्य निर्माण र प्रत्यक्ष राष्ट्रियतासँग सम्बन्धित बिषयमा हाम्रो यस अभियानले लिने गरेको चासो ,दिने गरेको समय र निर्वाह गर्ने गरेको उत्तरदायित्व र कर्तव्यबोध लाइ तन,मन ,बचन र धनले खुलेर साथ ,सहयोग ,हौसला र माया दिनुहुने देश तथा बिदेस गरि संसारभरि छरिएर रहनुहुने र खासगरि कोरियामा रहनु हुने नेपाल आमाका हरेक सन्ततिहरु प्रति हामि सदैब कृतज्ञ छौँ ! “

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here