मानसिक स्वास्थ्य, आत्महत्या रोकथाम तथा स्वेच्छिक घर फिर्ता सम्वन्धी नेपाली राजदुतावास कोरियाले अन्तरक्रिया कार्यक्रम गर्दै, सहभागीताको लागि आग्रह

437

नेपाली राजदुतावास कोरियाले मिति २०७५/१२/२६ अर्थात् गत अप्रिल ९ तारिकका दिन मानसिक स्वास्थ्य, आत्महत्या रोकथाम तथा स्वेच्छिक घर फिर्ता सम्वन्धी अन्तरक्रिया कार्यक्रम गर्ने बारे एक सुचना जारी गरेको गर्दै सहभागीताको लागि आग्रह गरेको छ।

पछिल्लो समय कोरियामा रहेका नेपाली कामदारहरुमा बढ्दो रुपमा देखा परेको मानसिक रोग, डिप्रेसन तथा आत्महत्या जस्ता घटनाहरु प्रति कोरिया स्थित नेपाली राजदुतावास गम्भीर रहेको र यसको न्युनिकरण तथा समाधानको लागि यस अघि पनि बिबिध कार्यक्रम गर्दै आइरहेको सुचनामा उल्लेख गरिएको छ।

ह्वासाङ नेपाली परिवार र स्टा रेमिटको समेत सहयोगमा हुन लागेको कार्यक्रममा हाल जापानमा कार्यरत क्लिनिकल मनोविज्ञ तथा अकुपन्चरिस्ट डा. विजय ज्ञवालीवाट विशेष परामर्श र प्रशिक्षण समेत हुनेछ।

मिती : २१ अप्रिल २०१९ आईतबार
समय : दिनको १२:३० बजे
ठेगाना : 경기도 화상시 향남읍 평 2길 7 (향남읍) 바란 만세 카페 ,4 층

सम्पर्क :दिपक बन्जारा – ०१०-२७१३-५४८७

 

विस्तृत जानकारीको लागि तलको सुचना पढ्नुहोला।

 

प्रतिक्रियाहरू