मानार्थ नागरिकताका लागि आवेदन दिन विदेशीलाई सउल महानगरपालिकाको आह्वान, क कसले दिन पाउछन आवेदन

4311

दक्षिण कोरियाको राजधानी सउलको महानगर प्रशासनले मानार्थ नागरिकताका लागि आवेदन खुलाएको छ । कोरियाको सामाजिक, आर्थिक, सस्कृति प्रवद्र्धनमा देश भित्र र बाहिरबाट सहयोग गर्ने कुनै पनि विदेशी नागरिकले अनरी अर्थात मानार्थ नागरिकताका लागि आवेदन दिन प्रशासनले आह्वान गरेको छ ।

सउल मेट्रोपोलिटन गर्भरमेन्टको योजना तथा प्रशासन कार्यलय अन्र्तगतको इन्टरनेशनल रिलेशन डिभिजनमा यहि सोमबार देखि जुलाई २७ सम्म आवेदन बुझाउन सकिने पनि प्रशासनले जनाएको छ । कोरियामा लगातार ३ या पाँच वर्ष सम्म बसिरहेको र सामाजिक, आर्थिक र सस्कृति प्रवद्र्धनमा सहयोग गरेको कुनै पनि विदेशीले आवेदन दिन सक्ने जनाइएको छ ।

त्यस्तै सउलमा बसोबास गरेका कम्तिमा ३० जना कोरियनबाट मानार्थ नागरिकताका लागि सिफारिश भएको हुनुपर्ने बताइएको छ । अनरी नागरिकता प्राप्त गर्ने सउल शहरको पोलीसि निर्माण गर्ने सल्लाहकार कमिटिको सदस्य लगायत विशेष कार्यक्रममा सहभागी हुन पाउने अवसर प्राप्त गर्ने छ भने महानगरपालीकाले आयोजना गर्ने कार्यक्रम, सउल ग्राण्ड पार्क, दोङदेमुन डिजिटल प्लाजा र लोट्टे वल्र्डमा प्रवेश निशुल्क पाउने छ । सन् उन्नाइस सय अन्ठाउन्न यता मानार्थ नागरिकता पाउने नेपाली सहित चौरानब्बे मुलुकका सात सय सन्तानब्बे पुगेका छन् ।

कोरियामा  एनआरएनका के पी सिटौला, तेन्जी शेर्पा, राजु क्षेत्री, जुनु गुरुङ, तथा ब्यवसायी भिमगुरुङ लगायतका ६ नेपालीले मानार्थ नागरिकता प्राप्त गरिसकेका छन् ।

प्रतिक्रियाहरू