मानुल कोरिया,लसुन नेपाल

1708

अगाडिको “ल”झिक्दा एक नम्वरी सुन हुनि लसुनको
फाइदै फाइदा मन भित्र गुन्नुहोस।तेत्तिसै किलो सुन भन्सारमा पक्राउ परेछ भनेपनि सर्जिमिन मुचुल्कामा सुन माथि “ल “मत्रै अटाउनि गरि “ल”थपिदिए अदालतमा लसुन भईदिन्छ।अनि संवन्धित सरोकार वालाहरु मालामाल हुन्छन अरे भन्नि गॉईगुँई सुनिन्छ।

कोरियामा लसुनलाई मानुल भनिन्छ।हरेक खानाको परिकार सुपमा यसको प्रयोग अनिबार्य छ।यॉहाको लसुनलाई हामि नेपालमा भोटे लसुन भन्छौ।पोटी ठुलो र बासना कम ऑउछ।बिशेष गरि मासुका परिकार सहित सोजुम्क्चु(रौसी,बियर)खॉदा लसुन नभए भागै बस्तैनन कोरियनहरु।नेपालमा लसुनका पात खाईन्छ भने यॉहॉ पात खॉईदैन।पातलाई भणडारण गरेपछि सुकाएर जनावरको घॉसमा मिसाएको देखियो।कोरियाको लसुन देसमा फालाफाल भईकन बिदेस निर्यात हुन्छ।कोरियामा यो हरियो डलर र सेतो सुन हो।
औषधिय गुण भएको बहुगुणी लसुनका अनगिन्ति फाईदा छन।
मुटु रोगमा घिउमा तारेर दुइ पोटी खाए ठिक हुन्छ ।टोक्यो भने बारूलाले धुलो बनाएर लाए चट हुन्छ।
भोक नलाएर पेट ढुस्स भईच भने एकाबिहानै पानिसित खाएमा बिष्फोट तरिकाले दिशा लाउँच।
दुख्यो पेट भनेदेखि लसुनको रस बनाएर खान ढिलो गर्न हुदैन।
यसले उत्तेजना बढनु साथै,बल र बिर्र्य बढाउँछ।प्रजनन स्वास्थ्यकालागि महिला पुरुषको त यार्शागुम्वाकै सानो भाई हो भन्छन गॉउका बुढाबुढीहरु।कपाल दुखे कन्परामा, दले स्वात्तै निको हुन्छ।किराले टोकेको ठॉउमा दले दुखाई कम हुन्छ।
लसुनको पोटी टोकेर सोम रस पिउनुस
टेक्सी भन्दा सानो भएको देख्नु हुन्छ बाग्लुङ जानि बस बुझ्नु भो?

हिँउदको खेति पर्रयो रोग किरा कम लॉउछन।यो बाली लाएको जग्गामा अरुबाली फष्टाउछ रोग किराको प्रकोप कम हुन्छ।नेपालमा ३सय रुपैया थोक मुल्य भएको यो खेति लगाएमा व्यवशायिक किसानलेबल्ल हिरा फोर्छन।महङगो छ बारैमासे नभई नहुनि भएकोले यस्को बजार भाउ घटदैन।

लसुन तुलनात्मक रुपमा चिसो मौसममा लागाईन्छ। यसले केही हद्सम्म तुसारो पनि खप्न सक्छ तर तापक्रम सुन्य डिग्रीभन्दा तल झरेमा बोट पहेंलिन थाल्छ। कोरियामा १५ दिन सम्म हिउँले पुरीदा पनि केहि हुदैन।समुन्द्री सतहबाट १०० मिटर देखी ३००० मिटर उचाई सम्म लसुनको सफलता पूर्वक खेती गर्न सकिन्छ। मध्यम खाल्को हावापनी भएको स्थानमा यसको खेती २ पटक सम्म गर्न सकिन्छ। तराईमा हिउँद र मध्य पहाडमा हिउँदे एवम बसन्ते बालिको रुपमा लसुन्को खेती गर्न सकिन्छ। बोटको बानस्पतिक बिकासको लागि चिसो मौसम ( १०-२०डिग्री) एवम गानो बिकासको लागि केही न्यानो र सुख्खा मौसम ( १८-२५ डिग्री) उपयुक्त हुन्छ। तापक्रम २ डिग्री भन्दा तल झरेमा पात पहेँलिने र ब्रिदी बिकास रोकिन्छ। चाईनिज जातका लसुन नेपालको पहाडी भेग्मा १३५० मिटर भन्दा माथि लगाईन्छ र रोपने समय असोज कार्तिक उपयुक्त हुन्छ

लसुन प्राय सबै खालको माटोमा खेती गर्न सकिन्छ। तापनी प्राङगारिक पद्धार्थ धेरै भएको र हल्का अम्लिय ( पि एच ५।८-६।८) प्रकारको माटो उपयुक्त हुन्छ। लसुन खेतिको लागि पानी नजम्ने स्थानको छनोट गर्नु पर्दछ।

लसुन खेतिको लागि भारी मात्रामा गोबर मलको आबश्यक्ता पर्दछ। रसायनिक मलको आबश्यक्ता मातोको उर्बरा शक्ती र कम्पोस्ट प्रयोगको मात्रामा पनि भर पर्दछ। करीब ३०-४० टन (१ टन = १००० केजी हुन्छ) कम्पोस्ट जमिन तयारीको अन्तिम चरणमा हाल्नु पर्दछ। रसायनिक मल ८० केजी नाइट्रोजन, ६० केजी फस्फोरस र पटासियम प्रती १ हेक्टरको( १ हेक्टर = ३० काठ्हा) लागि सिफारिस गरिएको छ।

करीब ५००-६०० केजी लसुनको पोटी १ हेक्टरको लागि पर्याप्त हुन्छ।
यस तरिकामा खेती गरिने जमिनलाई पहिला सानो सानो प्लटमा बाँडिन्छ जसले गर्दा सिंचाईमा सहयोग पुर्याउदछ। लसुनको केश्रा (बिउ) लाई ५-७।५ सेमीको सानो प्वालमा काण्ड निस्किने भागलाई माथि पारेर रोप्न सकिन्छ।
सानो कुटोको सहयाताले ड्याङ बनाईन्छ। त्यस्पछी केश्रालाई तेही ड्याङमा लगाएर माथिबाट माटोले हलुका रुपमा छोप्ने गरिन्छ।प्लाष्टिक मल्चिङ गरेमा धेरै उत्पादन लिन सकिन्छ।

लसुनले पानी जम्ने अवस्था र खडेरी दुबै सहन सक्दैन त्यसैले १० देखी १५ दिनको अन्तरालमा ८०-९०% प्रतिसत माटोको चिश्यान स्थापित गर्नको लागि नियमित सिचाई गर्नु पर्दछ।

लसुनमा झारको खसै समस्या पर्ने गर्दैन तर झार देखिएको खण्डमा हटाउनु पर्दछ। यसका अतिरिक्त अन्य गोड्मेल आवश्यक पर्दैन।
सामान्यतया लसुन रोपेको करीब १३०-१५० दिन भित्रमा स्याहार्नको लागि तयार हुन्छ।
सुकाईसकेपछी गानोसँग टाँसिएको माटो तथा छुट्न लागेका बोक्राहरु हटाउनु पर्दछ।

कोरियामा लसुनलाई किसानले नजिकैको कृषि बिकास बैङक नोङयपमाभण्डारण गर्ने चलन छ। यस तरिका बाट लसुनलाई करीब ५-६ महिना सम्म सुरक्षित राख्न सकिन्छ। घरायसि प्रयोगको लागि लसुन्लाई मुठा बनाई राम्ररी हावा खेल्ने, पानी नपस्ने र सुर्यको प्रतछ्य किरण नपर्ने स्थानमा सुरक्षित भण्डारण गर्ने गरेको देखियो।
कोरियामा हिउँदमा बाहिर कुनै खेति छ भने त्यो लसुन र प्याज खेति छ।नेपालमा लसुन जति लोकप्रिय छ कोरियामा अझ बढि छ।
धनि हुन मन छ भने ए किसानी दाइ!लसुन खेती लाउनुहोस।जय कृषि जय किसान।भविष्य हाम्रो हातमा छ।

प्रतिक्रियाहरू