“मान वोन न्यानो बाडौं अभियान” मा सहयोग गर्न राष्ट्रप्रेमी, सहयोगी, स्वतन्त्र युवाहरुको कोरियावासीलाई आग्रह

907

दक्षिण कोरियामा राष्ट्रप्रेमी, सहयोगी, स्वतन्त्र युवाहरुले “मान वोन न्यानो बाडौं अभियान” शुरु गरेका छन्। बिगत तिन बर्ष अघि देखि प्रत्येक जाडो याममा “मान वोन न्यानो बाडौं अभियान” संचालन गर्दै आएको यो समुहले यो वर्ष पनि उक्त अभियानलाई निरन्तरता दिएको हो।

यो समुहले पहिलो वर्ष हेल्प नेपालसंगको सहकार्यमा कोरियामा संकलित रकमले दुई वटा जिल्ला सिन्धुपाल्चोक र सर्लाही, दोश्रो वर्ष नेपालमा रहेका यसै समुहका अभियान्ता साथीहरुको सहयोगमा हेल्प नेपालसंगको सहकार्य र कोरियामा संकलित रकमले चारवटा जिल्ला सर्लाही, सप्तरी, धादिङ र सिन्धुपाल्चोकमा गरि लगभग ५०० परिवारलाई न्यानो बाड्न सफल भएको थियो भने तेश्रो वर्ष नेपालमा सामाजिक संस्थाहरुसंगको सहकार्य र कोरियाबाट अभियान्ताहरु आफै खटेर संकलन भएको सहयोगवाट नेपालका ६ वटा जिल्लाहरु दोलखा, नुवाकोट, मोरङ, सुनसरी, चितवन र सिन्धुपाल्चोकमा ६०० परिवारलाई न्यानो बाड्न बाँडेको थियो।

दक्षिण कोरियामा रहेका मनकारी नेपालीहरुबाट मान वोन संकलन गरेर आफ्नो मातृभूमि नेपालमा अत्यन्तै न्युन आर्थिक अबस्थाका कारण जाडो याम कटाउन निकै नै धौधौ पर्ने अति विपन्न, गरीव तथा पिछडिएका वर्गलाई केहि राहत हुने हिसावले सिरक, डसना तथा लत्ताकपडाहरु बितरण गर्दै आएको अभियन्ताहरु बताँउछन्। साथै यो बर्ष पनि कठ्याङ्ग्रदो चिसोमा गरिव तथा अति विपन्न बस्तिका वृद्धवृद्धा तथा बालबालिकाहरुलाई न्यानो बाड्ने उदेश्यका साथ “मान वोन न्यानो बाडौं अभियान ” संचालन गरेकोले अभियानमा कोरियावासी सम्पुर्ण नेपालीहरुलाई अभियानकर्ताले सहयोग गर्न आग्रह गरेका छन्।
अभियान अबको दुई हप्ता मात्रै संचालन हुने जनाइएको छ।

सहयोगको लागी
उरी बैक खाता नम्बर:- Kc saroj (worri bank code 020) 100-2655-4194-88
रकम जम्मा गरीसके पछि स्लिप अनिवार्य पठाउनुहोला ।
सम्पर्क नं: ०१०६४६५६०४१

 

प्रतिक्रियाहरू