मिस कोरिया २०१८को उपाधि किम सु मिनलाई

0
3656

मिस कोरिया २०१८को उपाधि तेइस वर्षीय किम सु मिनले जितेकी छिन् । राजधानी सउलमा हिजो सम्पन्न फाइनल प्रतिश्पर्धामा अन्य ३२ प्रतियोगीलाई पछि पार्दै मिन मिस कोरियाको ताज पहिरिन सफल भएकी हुन् । उपाधि जितेकी मिनले ताजसँगै दश करोड वोन नगद पुरस्कार पनि हात पारेकी छिन् भने फस्ट रनर अप र सेकेण्ड रनर अपले क्रमशः तीन करोड र दुइ करोड वोन नगद पुरस्कार पाएका छन् । मिस कोरियाको आयोजना हान्कु इल्बो, द कोरिया टाइम्स र हान्कुक इल्बो इ एण्ड बीले गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here