मृगौला पिडित बिष्णु मायालाई कोरियाबाट आर्थिक सहयोग हस्तान्तरण

615

दुवै मृगौला फेल भई बिगत लामो समयदेखि बि.पि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा उपचारत ३९ बर्षिय बिष्णु माया बिश्वकर्मा लाई दक्षिण कोरियामा कार्यरत युवाहरूले आर्थिक सहयोग गरेका छन् ।

लिलिहाङ गाउँपालिका वाड नं ७ स्थाई घर भएकि बिष्णु माया बिश्वकर्माको आर्थिक अबस्था एकदमै कमजोर रहेको र त्यसमा पनि मृगौला जस्तो प्राणघातक रोगको शिकार हुन पुगेको समचार बाहिरिए पछि कोरियामा सन्तोष कश्यप बिश्वकर्माको पहलमा सहयोग संकलन अभियान शुरु गरिएको थियो  ।

सहयोग अभियान शुरु गरेको केही हप्तामै करिव ७० जना युवाहरूबाट संकलित भएको १ लाख ४० हजार रुपैयाँ स्वम बिरामी बिष्णु माया बिश्वकर्मा लाइ नै हस्तान्तरण गरिएको छ । उक्त रकम अस्पताल मै गएर स्वास्थ्य लाभको कामना गर्दै सम्झना ल्वागुन घिमीरेले हस्तान्तरण गर्नुभएको हो ।

स्वार्थी बन्दै गैरहेको समाज लाइ सेवामुखी बनाउनु आजको युबाहरुको कर्तब्य बताउदै पिडित परिवारलाई थोरै भए पनि राहत दिलाउने उदेश्यले सहयोग संकलन अभियान शुरु गरेको सन्तोष कश्यप बिक ले बताए ।

झन्डै ९ बर्ष देखि कोरियामा कार्यरत सन्तोष कश्यप बिश्वकर्मा समाज कोरियाका सस्थापक अध्यक्ष समेत हुन् ।साथै पछिल्लो समयमा कुशल मोडल तथा कलाकारको रुपमा समेत चिनिएका उनी समाजसेबामा सधै अग्रस्थामा रहने गरेका छन् ।बिगतका समयमा पनि उनकै नेतृत्वमा निकै सहयोग अभियान हरु सफल रूपमा सन्चालन भैसकेका जानकार हरुले बताएका छन् ।

प्रतिक्रियाहरू