मेगा बैंक नेपाल लिमिटेड र कोरियाको कोइनसट रेमिट्यान्स कम्पनी बीच सम्झौता ,३० मिनेटमै रकम जम्मा हुने

732

मेगा बैंकले आफ्नै ‘मेगारेमिट’ को सञ्जाललाई विश्वका विभिन्न देशमा विस्तार गर्ने क्रममा दक्षिण कोरियामा संचालित   कोइनसट रेमिट्यान्स संग  सम्बन्ध विस्तार भएको छ । कोइनसट रेमिट्यान्सले नेपालको साथै विभिन्न देशहरुमा रेमिट्यान्स सेवा प्रदान गर्दै आएको छ।  कोइनसटसँग रेमिट्यान्स सम्झौता गर्ने मेगा नेपालको पहिलो वाणिज्य बैंक हो । कोइनशट  मार्फत पठाएको रकम मेगा बैंकद्वारा नेपालको ४१ ओटा वित्तीय संस्था मा २ मिनेट देखि ३० मिनेट भित्र  खातामा रकम जम्मा हुने र नगद रकम १ मिनेट  भित्रमा ७००० भन्दा धेरै एजेन्टमार्फत सहजै रकम भुक्तानी लिने व्यवस्था पनि मिलाइएको छ ।
यो सम्झौताले दक्षिण कोरियामा रहेका नेपालीहरुले मेगा बैंकका देशभरका १ सय २ वटा शाखा र अन्य बैंकहरुमा रहेको खातामा मेगामार्फत रकम जम्मा गर्न सक्नेछन् ।
मेगा बैंकले दक्षिण कोरियामा रहेका नेपालीहरुलाई खाता खोल्न सजिलो होस् भन्ने उद्देश्यले ‘मेगा मातृभूमि बचत खाता’ को व्यवस्था पनि गरेको छ । दक्षिण कोरियामा रहेका मेगा बैंकका प्रतिनिधिमार्फत शून्य मौज्दातमै खोल्न सकिने ‘मेगा मातृभूमि बचत खाता’मा बैंकले बिभिन्न सुविधा पनि दिएको छ ।
जसमा ६.५ प्रतिशत त्रैमासिक ब्याज पाइन्छ भने मोबाइल बैंकिङ, अनलाइन बैंकिङ, बैंक स्टेटमेन्ट लगायतका सुविधाहरु निःशुल्क गरिएको छ । भिसा डेबिट कार्डमा २५ प्रतिशत छुटको व्यवस्था गरिएको छ भने आवास कर्जा र सवारी साधन कर्जामा पनि विशेष छुटको व्यवस्था बैंकले गरेको छ । सीआस्बा सुविधा र आईपिएस सुविधा पनि उपलब्ध रहेको छ ।

प्रतिक्रियाहरू