मेरै घरको बास,मेरै जिउको सत्यानाश

454

धेरै बर्ष पहिला नेपालको दार्चुला जिल्लाको माहाकालीको मुहान लिम्पियाधुरा भन्ने ठाॅउ रहेछ।महेन्द्रको घरमा पाउना आएछन।ति पाउनाले भनेछन ।लौन माहाराज !शत्रु लाए आपत बिपत पर्यो बास दिन पर्यो।लुक्नि ठाॅउ पनिभएन भनेर पाउमा बिन्ती चढाएछन।बसुधैंवम कुटुम्बकं ।नुन ,तेल, चेलीबेटी ,धर्म संस्कारले चिनेकालाई आपत बिपतमा बास दिनु महेन्द्रले धर्म संझिय।लौ तनि! कालापानी तिरै बस भनिदिए। लड्न आएका हारजित होला अनि जालान भन्ने सोचे उनले।न राजिनाम दिएका थिए न बन्धकि दिएका थिए।न लिखितम थियो न बकितम नै थियो।जे थियो महेन्द्रकै मनमा थियो।

ति कालापानी बसेका पाउनाको कालो मनशाय थियो।लॅडाई हारेपनि ति फर्किएनन।तिनले कालो सापले झैं महेन्द्रको घरलाई पुर्वपश्चिम उत्तर दक्षिण २६ठाॅउबाट घेरो हाले।घरको बैठकमा पनि पाउनाको प्रतिनिधि राख्नु पर्ने स्थिती पो भएछ।बलिया पाउनाले कक्रक्कै ॲठ्याएपछि क्यार्नी? न लडन सकिन्छ न अघि बढन सकिन्छ।माहाकाली देखि मेचीसम्मै सर्वस्व श्रीसंपतीमा कालो सापले फेरो हाल्यो।आफ्नै स्वास्नी छोराछोरी प्रजा रैती समेतको अस्तित्व रक्षाको सवाल तेर्सियो।

महेन्द्रले ज्यानमा पानी हाले।उनले चलाखिपुर्ण तरिकाले सर्वस्व बॅचाउने निश्चय गरे।कुटनैतिक तरिकाले कालो साप हटाउनी उपाय रचे।फन्को मारेर बसेको साप लखेट्न सजिलो थिएन।उनले ॲाफुले चर्चेको भुभाग लगेर संयुक्त राष्ट्रसंघमा लगेर दर्ता गरिदिए।अनि हिमालय पर्वतमा रहेका उस्का चेकपोष्ट हटाईदिए।पाहुनाका प्रतिनिधिलाई बैठकमा नआईजा भने।बाटोघाटो,बैङक,कारखाना मात्रै खोलेनन ।सापले डसेमा सारा संसारले थाहा पाउने माहोल बनाईदिए।

षडयन्त्रपुर्वक अर्काको सर्वस्व हडप्ने सुर गरेको कालो बिस्तारबादी साप झसङ्ग भयो।सारा देस निल्न ठिक्क पारेको गासको बुझो वकेल्नु पर्ने भयो।जिस्काउनि बित्तिकै टोकिहाल्ने भएकोले महेन्द्रले कालापानी मौन ब्रत बसिदिए।रात गए अग्राठ पलाउला।अझै बलियो नभई त्याॅहाबाट हटाउन नसकिने दुरदर्सि महेन्द्रलाई थाहाथियो।उनि आफ्नो स्थिती मजबबुत बनाउन लागे।कालापानीमा पाउनाको रुपमा बसेको साप ढसमस बसिरह्यो।चारैतिरको फेरो छोडेर एक्कै ठाॅउमा डल्लिएपछि साप लिम्पियाधुरा,लिपुलेक कालापानी क्षेत्रमै मोटायो।

त्याॅहा उप्रान्त बिस्तारबादी कालो सापले तारान्तार बिष बमन गर्छ।कहिले नाकाबन्दी गर्छ।कहिले टनकपुर टन्काॅउछ।कहिले माहाकालीको भेल उराल्छ।कहिले महेन्द्रकै घरका मान्छेहरुलाई दानापानी खुवाएर केहि हुनै दिदैन।पिल्लर मात्रै सार्दैन।माहाकालीको उदगम थलो नै सार्ने दुस्साहस गरेकै छ।अझै ईष मरेकै छैन।अईले ता मेरै हो भनेर नक्सा नै छापिदियो।अनि मानसरोबर जानी बाटो बनायो।राजिनामै पाए जसरी महेन्द्रकै छातिमा राजमार्ग बनाउॅदा पनि मौन बस्न प्रजाबाट नागरिकमा प्रमोशन भएकाले सुहाउला?

रुप फेरिए पनि सारमा कालो साफको प्रवृति उस्तै छ।महेन्द्र मरे उनका छोरा नाती मारिए कोहि नारायणहिटीबाट लखेटेर नागार्जुन धपाईए।बिडम्बना कालापानीमा बिस्तारबादी गित संगित बजाएर कालो साँफ  कालापानीमा नाॅङगै नाचिरहेको छ।
खाष्टाभित्र मुडकि उचाल्नीहरु नभएका होईनन,हिन्दुत्वको साईनो पनि नभएको होईन,लोकतन्त्रको एउटै फरिया पनि नभिरेको हैन।कालापानीको यो घाउ बिसको उन्नाईस भएन।कल्ले हो?उस्ले उल्लाई दोष लाॅउछन।घरमुलि नभईन्जेल नारा जुलुस गरेर खाष्टा भित्र मुडकि उचाल्छन।खैलाबैला गर्छन।सापले चाल पाॅउछ।एक हात अघि बढदा बारहात पछि सर्न पर्नि गरी ठुॅगीहाल्छ।जति कुरा गरेपनि आखिरीमा भएको के हो तनि ?भन्दा महेन्द्र सपनामा आएर भने “केहि होईन ठ्याक्कै मेरै घरको बास मेरै जिउको सत्यनास भने झैं भएको हो।”
(सुन्नीलाई सुनको माला………….)

प्रतिक्रियाहरू