मे ६ तारिख जनसम्पर्क समिति कोरियाको पाँचौ अधिवेशन

969
नेपाली कांग्रेसको प्रवास संगठन जनसम्पर्क समिति कोरियाको पाँचौ अधिवेशन यहि आइतबार अर्थात मे ६ तारिख हुने भएको छ । महाधिवेशनको समय नजिकिदै जादाँ तयारी पनि तिब्र पारिएको सभापति गिरीराज कुँवरले जानकारी दिनु भएको छ । कुँवरका अनुसार महाधिवेशनलाई ऐतिहासिक र भव्यरुपले सफल पार्न समिति र कार्यकर्ता सक्रियरुपमा लागि परेका छन् । महाधिवेशनमा नेपालबाट चर्चित युवा नेता तथा सांसद गगन थापा, नेपाल तरुण दलका पूर्व अध्यक्ष महेन्द्र यादव , नेविसंघका पुर्व अध्यक्ष गोविन्द भट्टराई, महासमिति सदस्य पेमा सिद्धी लामा, प्राध्यपक खगेन्द्र अधिकारी सहित नेता आउने पनि कुँवरले बताउनु भएको छ ।
कोरियाका आठ वटा क्षेत्रमा क्षेत्रिय अधिवेशन सकेपछि महाधिवेशन तयारीमा समिति जुटेको हो । क्षेत्रिय अधिवेशनबाट महाधिवेशन प्रतिनिधीका लागि एक सय ५८ जना चयन भएका छन् । क्षेत्रिय अधिवेशन पनि भव्य र उल्लेख्य संख्यामा कार्यकर्ता र शुभचिन्तकको उपस्थिति रहेकोले महाधिवेशन ऐतिहासिक बन्ने विस्वास पनि सभापतिको छ ।
यसैबीच महाधिवेशनबाट नयाँ नेतृत्व सहित कार्यसमिति चुनिने भएकोले उम्मेद्वारी घोषणा गर्ने क्रम पनि शुरु भएको छ । सभापति पदका लागि आस्था विन्दु मल्ल, उप सभापति पदका लागि जितेन्द्रसिंह महता र यज्ञराज जोशीले उम्मेद्वारी दिने घोषणा गरिसकेका छन् ।

“सहमति र सहकार्य राष्ट्रीयता एकता आजको आवश्यकता,संघिय लोकतान्त्रिक गणतन्त्र नेपालको संबिधान कार्यन्वयनमा जनसम्पर्क समिति कोरीयाको प्रतिबद्धता” भन्ने नारा सहित हुन लागेको महाधिवेशनलाई पुर्व स्वास्थ्य मन्त्री समेत रहेका थापाले उद्घाटन र सम्बोधन गर्ने कार्यक्रम रहेको छ । महाधिवेशन राजधानी सउलको दोङ्देमूनस्थित जुङ्गु कुमिन ह्वेग्वान हुने अधिबेशन प्रचार प्रसार प्रमुख समेत रहेका महामन्त्री महताले बताउनु भएको छ । यसैगरी महाधिवेशनमा गगन थापा लगायत चर्चित युवा नेताले सम्बोधन गर्ने भएकोले सहभागी हुन सभापति कुँवरले कोरियावाशी सम्पुर्ण नेपालीलाई आह्वान गर्नुभएको छ ।

प्रतिक्रियाहरू