मोक्पोमा अक्टुवर १३ तारिक धुमधामका साथ दशै मनाउदै

354

मोक्पो साम्हो साझा चौतारीले सदा झै यसपाली पनि दशै कार्यक्रम धुमधामका साथ मनाउने भएको छ ।

आउदो अक्टुवर १३ तारिक आइतवारका दिन श्रम कन्सुलर डिल्लीराम बास्तोलाको प्रमुख आतिथ्य तथा एमटियु अध्यक्ष उदय राईको विशेष आतिथ्यमा आयोजना हुने कार्यक्रम विहान ९ बजे देखि नै औपचारिक कार्यक्रम शुरु हुने छ ।

हुन्डाई पार्क थेवुलको सभाहलमा आयोजना हुने कार्यक्रममा टिका जमरा ग्रहण पश्चात १२ बजे देखि नेपाली स्वादिष्ट खानाका परिकार खाए सँगै विविध नाँचगान तथा सांस्कृतिक कार्यक्रम गरि धुमधामका साथ मनाईने भएको छ ।

हुण्डाई साम्हो, थेवुल, सुन्छन, मुआन, हेनाम, मोक्पो वरपर लगायत कोरियामा रहनु हुने सम्पुर्ण नेपाली दाजु भाई तथा दिदीबहिनीलाई दशै कार्यक्रममा सहभागी भएर धुमधामका साथ मनाउन मोक्पो साम्हो साझा चौतारीका अध्यक्ष रोशन कुमार पौडेलले हार्दिक अनुरोध गर्नुभएको छ ।

प्रतिक्रियाहरू