मोना कोरियाको १२ औ अधिवेशन सम्पन्न, किसान सर्वसम्मतले नयाँ नेतृत्वमा चुनिए(नयाँ कार्यसमितिको नामावली सहित)

847

म्याग्दी प्रवासी नेपाली संघ (मोना) कोरियाको नयाँ नेतृत्वमा किसान सेन चयन भएका छन् । शनिवार सम्पन्न मोना कोरियाको बाह्रौ अधिवेशन मार्फत सेन सर्वसम्मत्ले अध्यक्षमा चयन भएका हुन् । नयाँ कार्यसमिति अन्र्तगतबरिष्ठ उपाध्यक्षमा सुनेश केसी, उपाध्यक्षमा दुर्गा भण्डारी र रोशनी केसी, सचिवमा सुमन पौडेल, सहसचिवमा एडमेन छन्त्याल कोषाध्यक्ष मनिश गौचन, सह–कोषाध्यक्ष संगिता गुरूङ चयन भएका छन्।

अधिबेशनबाट सदस्यमा रतन पौडेल, रिम भण्डारी, लोक भट्टराई, पवित्रा छन्त्याल, मिठू शाही, मन पुर्जा पुन, नर बहादुर पुन, सविना पुन र कविता गुरूङ र खेलकुद संयोजकमा बिजयी कार्की चयन भएको बरिष्ठ उपाध्यक्ष के.सीले जानकारी दिए ।
अधिबेशनको उद्घाटन गर्दै मोना कोरियाका संरक्षक भरत तुलाचनले कोरियामा रहेका म्याग्देलीहरुवीच एकताबद्ध भएर जिल्लाको सामाजिक क्षेत्रमा सहयोग अभिवृद्धि गर्नुपर्ने बताए ।

कार्यक्रममा मोना अन्तराष्ट्रियका उपाध्यक्ष ओमनारायण जुग्जाली, ठुकरी समाज दक्षिण कोरियाका अध्यक्ष यू बहादुर मल्ल, लोक आचार्य, सुवास श्रेष्ठ, छन्त्याल संघका अध्यक्ष अमर छन्त्याल, पुन समाजका अध्यक्ष याद गर्वुजा, खेलाडी दिनेश कार्की लगायतले आफ्नो धारणा व्यक्त गरेका थिए । अधिवेशनमा पुन मगरहरुको पहिचान झल्कने साँस्कृतिक प्रस्तुतीहरु देखाइएको थियो ।

संस्थाका अध्यक्ष लोक बहादुर बानियाँ आलोकको अध्यक्षतामा भएको कार्यक्रममा कोषाध्यक्ष दुर्गा भण्डारीद्धारा आर्थिक र सचिव सुनेश केसीले प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए भने किसान सेनले स्वागत र सुनेश केसीले कार्यक्रमको सञ्चालन गरेका थिए । मोना कोरियाले कोरियामा रहेका म्याग्देलीहरुमा आईपर्ने समस्या समाधानसंगै जिल्लाको स्वास्थ्य, शिक्षा, विपन्नको उपचार लगायतको क्षेत्रमा सहयोग गर्दै आएको छ ।

प्रतिक्रियाहरू