यज्ञराज सुवेदीद्वारा एनआरएनए कोरियाको अध्यक्षमा उम्मेदवारी घोषणा

1129

किम्हे माईग्रेन्ट हाउसका प्रमुख यज्ञराज सुवेदीले गैर आवासीय नेपाली संघ (एनआरएनए) कोरियाको अध्यक्षमा पदमा उम्मेदवारी दिने भएका छन ।अध्यक्ष पदमा आएको चर्चाको बारेमा सोधिएको जिज्ञासाको उत्तर दिदै सुवेदीले आगामी सेम्टेम्बर २१ र २२ तारिख हुने सातौ अधिवेशनमा उम्मेदवारी दिने बताएका हुन । विगत २५ वर्षदेखि कोरियामै बस्दै आएका सुवेदी यहाँका प्रशासनिक निकायहरुमा बलियो पहुँचमा छन् ।

सुवेदी कोरियाका राष्ट्रपति मुञ्जेईनको सल्लाहकार समितीका सदस्य , सत्तारुढ दल द मिञ्जु पार्टीका आप्रवासी उपसमितीका उपसभापति, किम्हे माईग्रेनट सेन्टरका प्रमुख लगायत यहाँ क्रियाशिल १० भन्दा बढी संघ संस्थामा आवद्ध छन् ।
उनले केही दिन भित्रै आफ्ने उम्मेदवारीको वृहत कार्ययोजना सार्वजनिक गर्ने बताएका छन ।

प्रतिक्रियाहरू