यसपाली कोरियन भाषा परीक्षामा ७५ हजार सामेल भए, नतिजा असार १६ मा

0
2718

सन् २०१९को लागि भएको कोरियन भाषा परीक्षामा ७४ हजार ८ सय ६६ जनाले सहभागी भएका छन् । ईपीएस कोरिया शाखाले दिएको प्रारम्भिक तथ्यांकअनुसार फारम भरेका ७ हजार ३ सय ९८ जना परक्षमा अनुपस्थित रहे । कुल ८२ हजार २ ६४ जनाले परीक्षाका लागि आवेदन भरेका थिए । यो वर्ष नक्कली परीक्षा दिने र दिन लगाउने २४७ जना विभिन्न परीक्षा केन्द्रहरुबाट पक्राउ परेको ईपीएस कोरिया शाखाका प्रवक्ता शोभाकर भण्डारीले अनलाइनखबरलाई जानकारी दिए । ‘शान्तिपूर्ण रुपमा परीक्षा सकिएको छ । कुनै प्राविधिक समस्या आएनन्,’ भण्डारीले भने ।

यो वर्ष काठमाडौं र पोखरामा परीक्षा सञ्चालन भएको थियो । शनिबार र आइतबार भएको परीक्षाको नतिजा अागामी आसार १६ गते प्रकाशित हुनेछ । कोरियाले ओसीआर प्रविधिबाट कपी जाँच्ने भएकाले नतिजा आउन धेरै समय लाग्दैन । यो वर्ष कोरियाले ७ हाजर १ सय नेपाली कामदार लैजाने गरी कोटा निर्धारण गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here