यस्ता छन् सन् २०१९ देखि लागु हुनेगरी कोरिया सरकारले घोषणा गरेका नयाँ नियम हरु

2362

कोरिया सरकारले सन् २०१९ देखि लागु हुनेगरी केहि नया नियम हरुको घोषणा  गरेको छ l उक्त नियम हरु बिसेष गरि   स्वदेशीको लागि भएता पनि केहि बिदेशीको हकमा पनि लागु हुने बताएको छ l

घोषणा गरिएका केहि नयाँ नियम हरु

न्युनतम ज्याला बृद्दी
सरकारले जनवरी १ सन २०१९ देखि लागु हुनेगरी न्युनतम ज्यालामा १०.९  प्रतिशत बृद्दी गरेको छ l जानुसार प्रति घण्टा ८हजार  ३सय ५० वन  हुनेछ l हप्ताको ४० घण्टा काम गर्ने कामदारको एकदिनको ज्याला  अतिरिक्त थपिदा मासिक १७ लाख वन भन्दा माथि हुन जानेछ l उक्त परिबर्तित ज्याला नियम अनिबार्य रुपमा जनवरी  १ देखि लागु गर्न सबै कम्पनि हरुमा परिपत्र गरिएको समेत बताएको छ l
बच्चा हुर्काउन आर्थिक सहायता
सरकारले यहि बर्ष देखि लागु हुनेगरी ६ बर्ष भन्दा मुनिको बच्चालाइ उसको लालन पालनमा थप टेवा पुग्ने गरि मासिक १ लाख कोरियन वन आर्थिक सहायता दिने भएको छ l उक्त नियम  आगामी सेक्टेम्बर देखि ७ बर्ष उमेर सम्मको बच्चाको लागि पनि लागु हुने छ l साथै ५ सय जना भन्दा धेरै बस्ने अपार्ट हरुले बच्चाको लागि डे केयर सेन्टर अनिबार्य खोल्नु पर्ने नियम समेत ल्याएको छ l
कुकुर छाडा छोड्न नपाइने
यहि बर्षको मार्च देखि लागु हुनेगरी घरपालुवा कुकुर डोरीले बाधेर राख्नु  पर्ने वा बाहिर कतै निस्किदा अनिबार्य रुपामा  डोरीको सहायताले बाधिएको हुनुपर्ने छ l यदि सार्बजनिक स्थल हरुमा छाडा छोडिएको अबस्थामा भेटिए कुकुर मालिका लाइ ३० लाख वन सम्म जरिवाना हुनेछ l यदि कसैलाई टोके वा घाइते बनाए ३० लाख वन जरिवाना तथा ३ बर्षको जेल सजाय समेत हुने छ l
धार्मिक संथालाइ समेत ट्याक्स
सन् २०१९ देखि धार्मिक संस्था वा ब्याक्तिहरुले समेत अनिबार्य कर तिर्नु पर्ने छ l त्यसको लागि हरेक  मे ३१ भित्रै आफ्नो आमदानीको विवरण सरकारलाइ बुझाइसक्नु पर्ने छ l
रक्सि पिएर सवारी हाक्नेलाइ कडा कारबाही
आगामी जुन २५ देखि लागु हुने गरि १ गिलास मात्र पनि रक्सि पिएर सवारी हाके कडा कराबाही हुने बताएको छ l हाल सम्म रगतमा ०.०५ प्रतिशत अल्कोहलकोमात्रा भन्दा कमीलाई छुट थियो भने अब देखि ०.०३ प्रतिशत अल्कोहलको मात्रा देखिए पनि २ करोड कोरिया वन वा ५ बर्षको जेल सजाय हुने छ l
जोर बिजोर नम्बर अनुसार गाडी चलाउनु पर्ने
आगामी फेब्रुरी २५ देखि लागु हुनेगरी बायुमण्डल मा अध्याधिक खराब धुलोको प्रकोप भएमा सरकारले तोके अनुसार जोर वा बिजोरको गाडी मात्र चलाउनु पर्ने छ l उक्त नियम निजि गाडीहरुको लागि मात्र लागु हुने छ l त्यसैगरी मापदण्ड बिपरितका डिजेल गाडीहरु अनिबार्य रुपमा हटाउनु पर्ने छ l
बसमा सीसी टिभी क्यामेरा
आगामी सेक्टेम्बर ९ देखि लागु हुनेगरी सम्पूर्ण सार्बजनिक बस हरुमा अनिबार्य रुपमा सीसी टिभी क्यामेरा  क्यामेरा जडान गरिएको हुनु पर्ने छ बस भित्र हुन सक्ने अपराधिक गतिविधिलाई रोक्न उक्त नियम लागु गरेको बताइएको छ

कोरिया टाइम्स

प्रतिक्रियाहरू