युद्धका क्रममा बिछोड भएका दुइ कोरियाका नागरिकबीच आज पुर्नमिलन

4535
South Korean participants for a reunion arrive at the South's CIQ (Customs, Immigration and Quarantine), just south of the DMZ in Goseong, South Korea, August 20, 2018. REUTERS/Kim Hong-Ji/2018-08-20 11:32:27/

युद्धका क्रममा बिछोड भएका दुइ कोरियाका नागरिकबीच आज पुर्नमिलन भएको छ । सन् उन्नाइस सय पचास देखि त्रिपन्न सम्मको युद्धका क्रममा बिछोड भएका दुइ मुलुकका नागरिकबीच आज पुर्नमिलन भएको हो । सम्पन्न फ्याङछाङ ओलम्पिकमा नजिकिएका दुई कोरियाका नागरिकबीचको पारिवारिक पुर्नमिलनलाई सकरात्मक सम्बन्धको नयाँ पाटोको रुपमा पनि हेरिएको छ । गत एप्रिलमा दुइ मुलुकका राष्ट्रप्रमूखबीच भएको ऐतिहासिक सहमति अनुरुपमा पारिवारिक मिलन कार्यक्रम भएको हो ।
आज पहिलो चरणमा उत्तर कोरियाको माउण्ट कुम्गाङ रिसोर्टमा दक्षिण कोरियाका उनानब्बे जनाले उत्तर कोरियामा रहेका आफ्ना परिवारका सदस्यलाई भेट्न पाउने छन् । आज अपरान्ह् तीन बजेबाट पुर्नमिलन कार्यक्रम हुने र बिछोडिएका सदस्यहरुले सँगै खानपीन, रमाइलो र रात बिताउने दक्षिण कोरियाका अधिकारीहरुलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । झण्डै सत्तरी र असी दशक पार गरेका वृद्ध वृद्धाबीच भेटघाट हुनेछ । जसमा एक जना एक सय एक वर्ष उमेर पुगेकी दक्षिण कोरिया वृद्धा महिला पनि छिन् । त्यस्तै दोश्रो चरणको पुर्नमिलन कार्यक्रम शुक्रबार देखि आइतबार रहेको छ । जसमा त्रियासी जना उत्तर कोरियन नागरिक छन् ।
सन् दुइ हजारमा दुइ कोरियाबीच ऐतिहासिक सम्मेलन भए यता बीस चरणमा पारिवारिक पुर्नमिलन कार्यक्रम भइसकेका छन् । मानविय संवेदनासँग जोडिएको यस पुर्नमिलन तथा युद्धका क्रममा बिछोड भएर दक्षिण कोरियामा रहेका आफ्ना सदस्य भेट गर्न झण्डै सन्ताउन्न हजार दक्षिण कोरियन प्रतिक्षारत छन् । उत्तर र दक्षिण कोरियाबीचको युद्ध विना सम्झौता टुङ्गिएकोले अहिले पनि प्राविधिकरुपमा युद्धको अवस्थामा रहेका छन् । यद्यपी उत्तर कोरियाली नेता किम जोङ उन र दक्षिण कोरियाका राष्ट्रपति मुन जे ईनबीच भएको ऐतिहासिक भेटवार्तामा सम्झौत ागर्ने सहमति भएकोले निकट भविष्यमा युद्धको अवस्था हट्ने देखिएको छ ।

युद्धका क्रममा हुने त्रास र घाउ युद्ध समाप्तीको दशकौ सम्म पनि कति पिडादायि हुन्छ भनेर दुइ कोरियाका नागरिकबीच बेला बेलामा गरिने पुर्नमिलन कार्यक्रमले देखाउने गरेको छ । पुर्नमिलनमा पारिवारिक बिछोडमा परेका कोरियन निक्कै भावविह्ल र खुसिको उन्माद पनि आसुबाट ब्यक्त हुने गरेको छ ।

प्रतिक्रियाहरू