युरोपमा पनि नेपाली जनसम्पर्क समितिको अधिवेशनको सरगर्मी शुरु, उप–सभापतिमा के.सीको उम्मेद्वारी

0
588

 

नेपाली कांग्रेसको प्रवास संगठन नेपाली जनसम्पर्क समिति पोर्तुगलको पाँचौ अधिवेशन नजिकिदै गर्दा उम्मेद्वारी घोषणा गर्ने क्रम शुरु भएको छ । जनसम्पर्क समिति पोर्तुगलको पाँचौ अधिवेशन यहि जुलाई २२ तारिख राजधानी लिस्बनमा हुन गईरहेको छ ।
आगामी नेतृत्व अन्र्तगत उपाध्यक्ष पदमा युवा व्यावसायि ओकिल केसीले आफ्नो उम्मेद्वारी घोषणा गरेका छन् । विगत पाँच वर्ष देखि आफ्नो कम्पनीमा एक सय भन्दा बढि कामदारलाई रोजगारी दिदै आएका के.सीले संगठनलाई थप मजबुत पार्न उम्मेद्वारी घोषणा गरेको बताएका छन् । समितिमा युवा प्रतिनिधित्वको महशुस भएर उम्मेद्वारी घोषणा गरेको दाबी उनको छ । के.सीले समसामयिक राजनैतिक उतारचढावका लागि प्रवासमा रहेका कांग्रेसी मनलाई अझ एकताबद्ध र क्रियाशिल पार्न पनि आफ्नो उम्मेद्वारी आबश्यक ठानेर अगाडि बढेको तर्क पनि गरेका छन् । म्याग्दी जिल्ला निवासी केसी नेपाल देखि नै कांग्रेसमा लागि सक्रिय भएर राजनीति गरेको अनुभव पनि छ । आसन्न अधिबेशनमा आफुलाई उपाध्यक्ष पदमा भारी मतले विजयी बनाउन पनि के.सीले पोर्तुगलबासि सम्पुर्ण कांग्रेसीलाई आह्वान गरेका छन् । जुलाई २२ तारिखका लागि तय भएको अधिबेशनलाई सम्बोधन र आतिथ्य ग्रहण गर्न प्रखर तथा युवा नेता गगन थापा, शशांक कोईराला, प्रदिप गिरी, विश्वप्रकाश शर्मा र नगेन्द्रकुमार कुमाल आउने निश्चित भएको जनसम्पर्क समिति पोर्तुगलले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here