रजत जयन्ती मनाउँन एन.सि.सि. ले तोक्यो कार्यक्रम स्थल, सबै तयारी पूरा

0
465

कोरियामा स्थापित सबैभन्दा पुरानो संस्था नेपाली सम्पर्क समिति (Nepalese Consulting Committee – NCC) ले यहीँ नोभेम्वर २५ मा रजत जयन्ती मनाउने भएको छ। आफ्नो स्थापनाकालको २५ औं वर्षगाँठ पुरा गरेको अवशरमा संस्थाले विबिध कार्यक्रमको आयोजना गरेको छ। हेल्लो नेपाल संगको कुराकानीमा अध्यक्ष अन्जु के.सीले संस्थालाई स्थापनाकाल देखि विविध तवरले सहयोग गर्ने ब्यक्ति, मिडिया, तथा सामाजिक क्षेत्रमा काम गरिरहेका संघ-संस्थालाई सम्मान गर्ने बताएकी छिन्।
वि.स.१९९३ सालमा स्थापना भएको एन.सि.सि.ले कोरियामा दुतावास नभएको बेलामा समेत दुतावासको काम गर्दै आएको थियो भने जापानमा रहेको दुतावाससंग समन्वय गरी प्रशासनिक कार्यहरु गर्दै सामाजिक कार्यहरुमा योगदान दिदै आएको थियो। त्यसैले, त्यतिबेला सहयोग गर्ने केही कोरिएन नागरिकहरुलाई समेत संस्थाले यो वर्ष सम्मान गर्ने भएको छ। रजत जयन्तीको अवशरमा संस्थाले स्मारिका समेत प्रकाशन गर्दैछ।
कोरियामा सामाजिक कार्यमा अग्रसर देखिएको एन.सि.सि.ले हालै मात्र वुद्ध प्रतिमा स्थापना अभियानलाई सफलता पूर्वक सम्पन्न गरेको छ भने कोरियामा रहेका विभिन्न सामाजिक संघ-संस्थाहरुको छाता संगठनको रुपमा काम गर्दै आइरहेको छ। रजत जयन्तीमा बिभिन्न सांस्कृतिक कार्यक्रमको साथसाथै पन्चेवाजाको धुनमा समेत नाच्न सकिने र सोही दिन उपस्थित सबैलाई खानाको समेत ब्यवस्था रहेको आयोजकले जनाएको छ । साथै, सोही दिन कोरियामा रहनु भएका सम्पूर्ण नेपालीहरुलाई उपस्थितिको लागि पनि हार्दिक आग्रह गरिएको छ। कार्यक्रम दिनको १२ बजे उद्घाटन हुनेछ।
कार्यक्रम स्थल जाने तरिका :
Line no. 4 Hansung University Station,Exit no. 6 त्यहाँबाट कार्यक्रम जाने बाटो भुईमा टाँसिने छ।
동방문화대학원대학교 42 대사관로8길, line no.:4 한성대 입구 역 exit no.:6


अध्यक्ष- अन्जु केसि 010-4050-5012
महासचिव- निर्मल बेलबासे 010-3464-4516
नोट: कार्यकम स्थल नेपाली दुतावास नजिकै रहेको छ।

-- Ad --


प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here