Home लेख / साहित्य रसाइरहेको आखा…

रसाइरहेको आखा…

0
रसाइरहेको आखा…

मातृभुमी मेरो देशको आखा रसाइरहेको छ रे।
निर्धो सम्झेर हेपहा नजर बर्षाइ रहेको छ रे ।।
मातृभुमी मेरो देशको आखा रसाइरहेको छ रे।

खुंडा बोकी पहरा दिने सपूत प्रदेश पसेपछी ।
छिमेकीले सिमाना मीच्दै वस्ती बसाइरहेको छ रे।।
मातृभुमी मेरो देशको आखा रसाइरहेको छ रे।

बिरताको नासो बगेको छ भने कतै खुनमा अझै ।
चांडो फर्क बैरिले हतियार कसाइरहेको छ रे ।।
मातृभुमी मेरो देशको आखा रसाइरहेको छ रे।

देशको साचो लिनेहरु बिदेशिको टांङ छिरे पछी ।
सगरमाथाको अटल शिर खसाइरहेको छ रे ।।
मातृभुमी मेरो देशको आखा रसाइरहेको छ रे।

कठै धिकार छ आमा कु-पुत्रले तिमीलाई बेच्दै छ ।
मेचीकाली पुर्खाको पहीचान मसाइरहेको छ रे ।।
मातृभुमी मेरो देशको आखा रसाइरहेको छ रे।

खीयाले सकेको छैन तलवार पाइन हाल्दै जाग ।
माफियाका मतियारले लुट्न फसाइरहेको छ रे ।।
मातृभुमी मेरो देशको आखा रसाइरहेको छ रे।

आरडी.धनुश राना मगर
नवलपुर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here