Home प्रमुख समाचार राजदूतको लागि औषधि ल्याईदिदा माओवादी नेता दीपशिखा कोरियन प्रहरीको अनुशन्धानमा , दुतावासले निकाल्यो बिज्ञप्ति

राजदूतको लागि औषधि ल्याईदिदा माओवादी नेता दीपशिखा कोरियन प्रहरीको अनुशन्धानमा , दुतावासले निकाल्यो बिज्ञप्ति

0
राजदूतको लागि  औषधि ल्याईदिदा माओवादी नेता दीपशिखा कोरियन प्रहरीको अनुशन्धानमा  , दुतावासले निकाल्यो बिज्ञप्ति

नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य रामप्रसाद सापकोटा ‘दीपशिखा’ माथि दक्षिण कोरियाली प्रहरीले एक महिनादेखि अनुसन्धान गरिरहेको छ।गत अगस्ट १० मा कोरिया गएका दीपशिखाको साथमा चिकित्सकको प्रेस्किप्सन बिनाको औषधी भेटिएपछि कोरियाली प्रहरीले अनुसन्धान थालेको हो।

दूतावास श्रोतका अनुसार दीपशिखाले उक्त औषधी कोरियास्थित नेपाली राजदूत ज्योति प्याकुरेल भण्डारीका लागी ल्याइदिएका थिए। राजदूत प्याकुरेलले गत १ बर्ष देखि नेपाली चिकित्सकले सुझाएको औषधी खाइरहेकी उनले दीपशिखासँग पनि त्यही औषधी मगाएकी थिइन।

इन्छन अन्तर्राष्ट्रिय विमानस्थलमा दीपशिखाले बोकेको औषधीको प्रेस्क्रिप्सन नभएपछि कोरियन अधिकारीहरूले रोकेका थिए।राजदूतले मगाएको औषधी बोकेका दीपशिखा कोरियाली अध्यागमनमा रोकिएपछि दूतावासले उनलाई छुटाउन पहल गरेको थियो।दूतावासको अनुरोधपछि दीपशिखा औषधी अध्यागमनमै छोडेर विमानस्थलबाट बाहिर निस्किन पाएका थिए।

उनमाथिको अनुसन्धान अझै सकिएको छैन।कोरियास्थित नेपाली दूतावास स्रोतका अनुसार कोरियाली अधिकारीहरूले अनुसन्धान अन्तिम चरणमा पुगेको बताएका छन्।अनुसन्धान नसकिएसम्म दीपशिखाले कोरिया छोड्न पाउने छैनन्।

यसैबीच दूतावासले आज एक प्रेस नोट सार्वजनिक गर्दै कोरियन भन्सार कार्यालयले माग गरेको  सम्पूर्ण कागजातहरु बुझाइ सकेकोले अनुशन्धान अन्तिम चरणमा पुगेको बताएको छ l
हेर्नुहोस कोरिया स्थित नेपाली दूतावासले निकालेको प्रेस नोट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here