“हामी जहाँ भएपनि हाम्रो एउटै विशेषतारचनात्मक, समृध्द कामको लागी राप्ती समाजको एकता” भन्ने मुल नाराका साथ गत वर्ष फेब्रुवरी १५ तारिकका दिन चौथो अधिवेशनबाट राप्तीका ५ वटै जिल्ला समावेश गरी कार्यसमिति गठन भएको थियो । अहिले आउँदो फेब्रुवरी ३ तारिकका दिन ठिक ६:०० बजे साँझ दोङदेमुन स्थित नेपाल हाउसमा कोरियामा रहनुभएका राप्ती बासी दाजुभाई तथा दिदिबहिनीहरूसँग वार्षिक भेटघाट तथा छलफल गर्ने भएको छ ।
उक्त कार्यक्रममा राप्ती बासी सम्पुर्ण उपस्थित भई राप्तीको चासो र गुनासोको विषयमा समेत छलफल हुने र नयाँ उपस्थित भएको खण्डमा परिचयात्मक कार्यक्रम सहित गर्ने कुरा राप्ती समाजले जानकारी दिएको छ ।
साथै, कोरियामा रहनुहुने सम्पुर्ण राप्ती बासीहरूलाई उपस्थित भई कार्यक्रम सफल पारिदिनुहुन समेत राप्ती समाजले अनुरोध गरेको छ ।
अन्य जानकारीका लागी सम्पर्क व्यक्तिहरू ।
शुक थापा – 010-9724-7313, विर कुमार ओली – 010-6464-7956,खगेन्द्र बुढा – 01073483662 र जित शाह (बालकृष्ण) – 010-2163-9480, अशोक बुढा मगर 010-32628565