राप्ती समाज कोरियाले महान चाँड छुसकमा बृहत सांगितिक सौगात भाग ३को आयोजना गर्ने

0
1636

राप्ती समाज दक्षिण कोररियाले कोरियाली महान चाड छुसकमा “राप्ती बृहत सांगीतिक सौगात भाग ३को आयोजना गर्ने भएको छ । विशुध्द सामाजिक सेवामा समर्पित राप्ती समाजले अक्षयकोष सहयोगार्थ सेप्टेम्बर २३ तारिख सांगितिक कार्यक्रमको आयोजना गर्ने भएको हो ।

दोङदेमुन स्थित सुबेच्छा रेष्टुरेन्टको हलमा आइतबार राप्ती समाजका अध्यक्ष गोपाल बोहराको अध्यक्षता बसेको बैठकमा कलाकार छनौट, आर्थिक व्यवस्थापन, कार्यक्रम संचालक समिति र कार्यविभाजन बारे छलफल भएको समाजका सचिब ओमलाल ओलिले जानकारी दिनु भएको छ । कार्यक्रमलाई भव्य र ऐतिहासिक पार्न नेपालबाट कस्ता कलाकार ल्याउने विषय छलफल भइरहेको पनि ओलीले बताउनु भएको छ । नेपालीलाई फरक सांगितिक स्वाद दिने तर्फ आयोजकको तयारी भएकोले सांगितिक सौगात चर्चित हास्य, डान्सर, गायक गायिका लगायतलाई ल्याउन सकिने उहाँले बताउनु भयो ।

-- Ad --


कार्यक्रम संयोजक राप्ती समाजका संस्थापक शुक थापा, उप–संयोजक प्रकाश ओली,विर कुमार ओली,खगेन्द्र बुढामगर, जीत शाह सहित द्दघ जनाको समिति पनि गठन भएको । यसैबीच कोरियाको बसाइँ अवधि सकेर नेपाल फर्कन लाग्नु भएका सल्लाहकार सदस्य लाल बहादुर महरा, कथा कोरिया चलचित्रका लेखन तथा निर्देशन कमल ओली र कथा कोरियाकै नायक शुशिल गौतमलाई बिदाइ तथा सम्मान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here