राप्ती समाज दक्षिण कोरियावाट छुसकको आर्थिक विवरण सार्वजनिक

698

राप्ती समाज दक्षिण कोरियाले गत छुसक सेप्टेम्बर २३ तारिकका दिन विशुध्द सामाजिक सेवामा समर्पित अक्षयकोष सहयोगार्थका लागी जोङगु गुमिन ह्ववे्वान दोङदेमुन सउलमा आयोजना गरेको राप्ती बृहत् सांगीतिक सौगात भाग 3 को आर्थिक विवरण  सार्वजनिक गरेको छ। संस्थाका सल्लाहकार एवम् कार्यक्रम संयोजक शुक थापाको अध्यक्षतामा योङदोङफो स्थित रहेको लक्ष्मी रेष्टुरेण्टमा संस्थाका पदाधिकारी बीच सो हिसाब सार्वजनिक गरिएको हो।

 

आम्दानी तर्फ खर्च तर्फ
व्यक्तिगत सहयोग १,०३,४९,९०० /- वोन

 

हल व्यवस्थापन ४७,९५,८०० /- वोन

 

संस्थाबाट प्राप्त सहयोग २०,६८,००० /- वोन कलाकार हवाई तथा पारिश्रमिक १,२३,२०,००० /- वोन

 

Sponsor बाट प्राप्त २४,००,००० /- वोन भिसा प्रोसेस तथा खान बस्न २६,७८,००० /- वोन
टिकट बिक्री बाट प्राप्त १,०१,२५,०००/- वोन

 

विज्ञान प्रचार प्रसार तथा स्टेश्नरी २०,१०,००० /- वोन
जम्मा आम्दानी २,४९,४२,९०० /- वोन यातायात खर्च ५,००,००० /- वोन
अन्य कार्यक्रम व्यवस्थापन ५,८५,९००/- वोन
जम्मा खर्च २,२८,८९,७००/- वोन

 

नाफा – २०,५३,२०० (बीस लाख त्रिपन्न हजार दुई सय वोन)

उक्त कार्यक्रम सफल पार्न आ-आफ्नो ठाउँ बाट आर्थिक तथा भौतिक रूपमा सहयोग गर्नु हुने सम्पुर्णमा आयोजक टिमको तर्फबाट धन्यवाद ज्ञापन गरेको छ । कार्यक्रमबाट सोचे जस्तो नाफा नभएता पनि सफलता पुर्वक सम्पन भएको भन्दै कार्यक्रम गर्दा विभिन्न संघ संस्था र व्यक्तिगतरूपमा वितरण गरिएको टिकट विवरण समयमा उपलब्ध नभएको हुदा आर्थिक कारोबार सार्वजनिक गर्न ढिला भएको र सोहि दिन पुर्व सचिव सि.पी. लाई बिदाई तथा सम्मान कार्यक्रम पनि गरेको संस्थाका सचिव ओमलाल ओलीले जानकारी दिएका छन् ।

प्रतिक्रियाहरू