रास्कोट सामुदायिक अस्पताललाई कोरियावाट संकलित ४३ लाख भन्दा वढी सहयोग हस्तान्तरण

470

न्युज २४ टेलिभिजनमा प्रसारण हुने सिधाकुरा जनतासँगका प्रस्तोता रबि लामिछानेको फाउण्डेशनमा कर्णाली प्रदेशको कालिकोटमा निर्माणाधिन रास्कोट सामुदायिक अस्पतालको लागि स्वतन्त्र राष्ट्रप्रेमी नेपाली एकता अभियान” दक्षिण कोरियाद्वारा संकलित ने.रु. ४३,८४,३६६/- (त्रिचालिस लाख, चौरासी हजार, तिन सय छैसट्ठी) सहयोग रकम न्युज २४ को कार्यालयमा पत्रकार रवि लामिछानेलाई हस्तान्तरण गरिएको छ।

कोरियाबासी परोपकारी, मनकारी तथा राष्ट्रप्रेमी नेपाली सहयोगी मनहरुबाट संकलित उक्त आर्थिक सहयोग रकम अभियानका अभियन्ताहरु, सहयोगी तथा प्रतिनिधिहरुको उपस्थितिमा आज हस्तान्तरण गरिएको हो ।

देशकै दुर्गम कालिकोट जिल्लामा निर्माण हुन लागिरहेको रास्कोट सामुदायिक डिजिटल अस्पताललाई आर्थिक साहायता दिलाउन कोरियाबाट स्वतन्त्र राष्ट्रप्रेमी नेपाली एकता अभियान को पहलमा रास्कोट अस्पताल सहयोग अभियान मार्फत कोरियाबासी राष्ट्रप्रेमी,परोपकारी ,नेपाली सहयोगी मनहरुको साथ, सहयोग सगै सद्भाव र एक्यवद्धतामा ९६४ जना सहयोगीदाताहरुबाट संकलन गरी पठाईएको हो । कार्यक्रममा चेक ग्रहण गर्दै राष्ट्रप्रेमी तथा लोकप्रिय पत्रकार रबि लामिछानेले विदेशी भूमीमा रहेर पनि राष्ट्रलाई माया गर्दै आ -आफ्नो दुख पसिनाको कमाई सहयोग गर्नुहुने,बिभिन्न तवरले साथ् सदभाव राख्नुहुने साथै देश -बिदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरुलाई धन्यावाद दिदै छिट्टै अस्पताल निर्माण सम्पन्न गर्ने अठोट लिएका छन् ।

उक्त आर्थिक संकलन अभियानका सयोजक यम श्रेष्ठले कोरियाबाट शुन्य लागत खर्चमा सम्पूर्ण उठेको रकम बैधानिक तवरले सपोर्ट नेपाल फाउन्डेसन मार्फत पठाईएको जनाउदै नेपालकै बिकट कर्णाली बासीको स्वास्थ्यमा मलहम लगाउन सबैको साथ सहयोगले नै सफल भएको र एक नमुना , ऐतिहासिक अभियान सम्पन्न गर्न पाएकोमा सबैमा हार्दिक धन्यवाद दिदै आभार व्यक्त गर्नुभएको छ ।

कोरियामा यो अभियान तीन महिनासम्म सञ्चालन गरिएको थियो।

प्रतिक्रियाहरू