“रिदम लाईभ कन्सर्ट & सांगीतिक धमाका- २०१८” को आर्थिक कारोवार सार्वजनिक

0
1897

धादिङ समाज कोरिया र काभ्रे सम्पर्क समिती दक्षिण कोरियाले “रिदम लाईभ कन्सर्ट & सांगीतिक धमाका- २०१८” को आर्थिक कारोवार सार्वजनिक गरेको छ। गत सेप्टेम्बर २४ (छुसक) मा संयुक्त रुपमा आयोजनामा गरिएको कार्यक्रममा “काभ्रे र धादिङको बिकट स्थानमा एम्बुलेन्स सेवा सहयोगार्थ” राजधानी सउलमा उक्त कार्यक्रम गरिएको थियो । गत आइतवार एक होटेलमा बसेको दुई पक्ष बीचको संयुक्त बैठकले कार्यक्रमको अन्तिम हिसाब यसरी निकालेको छ ।

क) आम्दानी तर्फ :
ब्यक्तिगत सहयोगहरु – २,८५,७२,२४८ वोन
टिकट बिक्रि मार्फत- २,१९,२५,००० वोन
संघ संस्थाबाट प्राप्त सहयोग- १७,९१,००० वोन
स्पोन्सरहरु बापतको सहयोग- ३४,५३,००० वोन
जम्मा आम्दानी = ५,५७,४१,२४८ वोन

-- Ad --


ख) खर्च तर्फ :
हल ब्यबस्थापन खर्च- १,४१,९०,००० वोन
स्टेशनरी, बिज्ञापन तथा प्रचार-प्रसार- २२,४०,००० वोन
यातायात खर्च – २१,३०,००० वोन
कलाकार हवाई टिकट तथा पारिश्रमिक- १,४९,४८,००० वोन
कलाकार भिषा प्रोसेस तथा लजिङ-फुडिंङ- ४१,४२,००० वोन
अन्य बिबिध खर्चहरू- २,१५,००० वोन
जम्मा खर्च = ३,७८,६५,००० वोन

बचत रकम= १,७८,७६,२४८ वोन (एक करोड अठहत्तर लाख छयत्तर हजार दुई सय अड्चालिस कोरिएन वोन) रहेको छ । उक्त कार्यक्रम सफल बनाउन उपस्थित दर्शक, आर्थिक सहयोग दाता, स्पोन्सर तथा बिभिन्न संघ-संस्थाहरुलाई आयोजक टिमले पुन: धन्यवाद ज्ञापन पनि गरेको छ । कार्यक्रमबाट भएको नाफाले मात्रै आफ्नो उदेश्य पुरा गर्न नसकिएको अवश्थामा भने संस्थाको आन्तरिक कोष वा अन्य जुन कुनै माध्यमबाट भएता पनि छिट्टै दुबै जिल्लाको बिकटमा एम्बुलेन्स हस्तान्तरण कार्यक्रम गर्न लागेको कुरा धादिङ समाज कोरिया अध्यक्ष सन्तोष अधिकारी र काभ्रे सम्पर्क समिती दक्षिण कोरियाका अध्यक्ष सिताराम तिमल्सिनाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here