रियल फ्रेण्डस ग्रुप द्दारा कबड्डि कबड्डि कबड्डि अक्टोबर ६ मा कोरियाको दोङ्देमुनमा प्रदर्शन हुदै

585

नेपाली चलचीत्र कबड्डी कबड्डी कबड्डी कोरियाको सउलमा यहि आउदो अक्टोबर ६ तारिख आइतबारका दिन प्रदर्शन गरिने भएको छ । अनाथ वाल वालिकाहरूको सहयोगार्थ रियल फ्रेण्डस ग्रूपले कोरियाको सउल स्थित दोङदेमुनमा फिल्म प्रदर्शन गर्न लागेको हो ।कबड्डि कबड्डि कबड्डि कोरियामा पहिलो पटक सउलमा शो हुने भएको छ । कोरियाको सउल लगायत अन्य ठाउहरूमा प्रदर्शनिको तयारि भइरहेको छ । पहिलो शो सउलशो को सम्पुर्ण तयारि भइसकेको रियल फ्रेण्डसका एड्मिन पबित्रा थेबेले वताएका छन।
“नेपालिहरूको महान चार्ड वडादशैको उपलक्षमा कोरियामा रहेका नेपालिहरूलाइ कामको थकान,कामको तनाव मेटाउन,मनोरन्जन दिलाउने उदेश्य साथै अनाथ वाल वालिकाको सहयोगार्थ कोरियामा फिल्म देखाउन लागिएको हो” एड्मिन पबित्रा थेबेले बताउनु भयो ।

सउल शो पछि कोरियाका अन्य ठाउहरू किरात राइ यायोख्खा द्दारा अक्टोबर १२ गजेदोमा,स्याङ्जा फेमिलि र नेपाल मगर संघ द्दारा   अक्टोबर १३ बुसान गिम्हे र थेगु मा,इम्सुङ नेपालि समाज द्दारा अक्टोबर १९जिन्छनमा र अक्टोबर २५ छन्जुमा शो हुने भएको छ । कबड्डि  कबड्डि कबड्डि फिल्म कोरियामा सुम्निमा इन्टरटेन्टमेन्टले बितरण गरेको हो।

बहुप्रतिक्षित यस फिल्मले बम्पर सुरुवात मात्र गरेको छैन ओपनिङ डे कलेक्सनमा समेत रेकर्ड राखेको छ । सम्भवत कबड्डी कबड्डी कबड्डी पहिलो दिनमा सर्वाधिक कलेक्सन गर्न सफल फिल्म बनेको छ । फिल्मले पहिलो दिन शुक्रबार मात्रै १ करोड ४७ लाख कलेक्सन गर्न सफल भएको छ ।
रामबाबु गुरुङ निर्देशित यस फिल्ममा दयाहाङ राई र उपासना सिंह ठकुरी, कर्मा, विल्सन विक्रम राई, वुद्दि तामाङ, बिजय बराल, माओत्से गुरुङ, लुनिभा तुलाधर, कमल मणि नेपाल, अरुणा कार्की पोखरेल, रिस्मा गुरुङ, पुस्कर गुरुङ, कबिता आले, डक्टर सिंह गुरुङ, शिला खनाल, मणि के.राई लगायतको अभिनय रहेको छ ।
सिनेमा आर्ट प्रालिको प्रस्तुतिमा बासुरी फिल्मस्को निर्माण तथा माउन्टेन स्टोरिजको सहकार्य रहेको फिल्ममा रामबाबु गुरुङ र उपेन्द्र सुब्बाको लेखन, शैलेन्द्र डी कार्कीको छायांकन, निमेष श्रेष्ठ र सुरेन्द्र पौडेलको सम्पादन रहेको छ । फिल्मलाई मणिराम पोखरेल, अर्जुन कार्की, ओम चन्द रौनियारले संयुक्त रुपमा निर्माण गरेका हुन् ।

सउल शो जानकारि
मिति – २०१९ अक्टोबर ६ आइतबार
समय-१ बजे
स्थान- सउल दोङ्देमुन गेट नं ३ बाट हिडेर १० मिनेट 종로구민회관 ( दोङ्देमुन गेट नं ३ बाट नेभिकेसन टालिने छ )
सम्पर्क-पबित्रा थेबे -01034036082
हाङ् खिम् छा-01076135751
सपना सेलिङ-01059294173
टंकेश लिम्बू-01049087487
दिपक खड्का-01082875182

प्रतिक्रियाहरू