रुपन्देही सम्पर्क समिति दक्षिण कोरियाको सातौं साधारण सभा तथा अधिवेशन अागामी सेप्टेम्बर १३ हुने

150

दक्षिण कोरियामा अाप्रवासी जीवन बिताई रहेका रुपन्देही जिल्ला बासिहरुको साझा संस्था रुपन्देही सम्पर्क समिति दक्षिण कोरियाको सातौं साधारण सभा तथा अधिवेशन यहि अाउने सेप्टेम्बर १३ तारिख हुने भएको छ। गत अाईतबार समितिका अध्यक्ष रामु कार्किको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो। बैठकमा एनसिसि अध्यक्ष एवं समितिका सल्लाहाकार अन्जु के सि,पूर्व अध्यक्ष एवं सल्लाहाकार प्रितम गुरूङ्ग,सल्लाहारहरु मीना थापा,कृष्ण गुरुङ्ग (ब्रो तमू) लगायत उपस्थिति रहेको थियो।सन् २००८ मा स्थापित भै बिगत देखि बर्तमान सम्म समितिले दक्षिण कोरया र नेपालमा पनि सक्रियताका साथ सामाजिक कार्यहरु गर्दै अाएको कुरा अध्यक्ष रामु कार्किले बताएका छन्। विधान अनुसार बर्तमान कार्यसमितिको दुई बर्षे कार्यकाल पुरा हुन लागेकोले कोरियन महान चाड छुसकको अवसर पारि यहि सेप्टेम्बर १३ तारिखका दिन साँझ छ बजे सउलको दोंदेमुन स्थित नमस्ते रेष्टुरेण्टको सभा हलमा अधिवेशन हुने कुरा समितिले जनाएको छ। कोरियामा अप्रवासी जीवन बिताउने क्रममा जिल्लाबासिहरुलाई विभिन्न अापत विपत् एवं केहि भैपरि अाउने समस्याहरुमा साथ दिएर एकजुट भै अघि बढ्ने समितिको मुख्य उद्धेश्य रहेको बर्तमान सचिब बिज्ञान अार्यालले स्पष्ट पारेका छन्।
यसै क्रममा अधिवेशन सफल पार्नका लागि विभिन्न क्षेत्र अनुसार प्रतिनिधि सहित जिम्मेवारी तोकेको छ भने रुपन्देही  सम्पर्क समिति दक्षिण कोरियाको साधारण सदस्य लिनका लागि जिल्ला बासी सम्पूर्णमा अाव्हान गर्दै समितिले निम्न बमोजिमको ब्यक्तिहरुलाई क्षेत्रगत रुपमा जिम्मेवारी दिईएको हुनाले सम्बन्धित क्षेत्रका प्रतिनिधिहरुलाई सम्पर्क गर्न र अधिवेशनमा उपस्थित भै दिनु हुनका लागि सम्पूर्ण रुपन्देहि जिल्लाबासीहरुलाई अनुरोध गरेको छ।
कार्यक्रम वारे थप जानकारी
मिति-2019 सेप्टेम्बर 13
समय-साँझ 6 बजे
स्थान-नमस्ते रेष्टुरेण्ट,दोम्योअाफ(दोंदेमुन) सउल।

प्रतिक्रियाहरू