रुसमा जारी फिफा वल्र्ड कपमा केहि बेरपछि कोरिया र स्वीडेनबीच भिडन्त हुदै ।

1643

रुसमा जारी फिफा वल्र्डको पहिलो चरणमा आज दक्षिण कोरियाले स्वीडेनको सामना गर्दै छ । आज कोरियन समय अनुसार केहि समय पछि अर्थात नौ बजे दक्षिण कोरिया र स्वीडेनबीच भिडन्त हुदै छ । दक्षिण कोरियाली टिम स्वीडेनलाई हराउने उद्धेश्य सहित आज मैदानमा उत्रदै छ । कोरियामा कार्यरत नेपाली पनि सामाजिक सञ्जाल मार्फत कोरियाली टिमलाई जितको शुभकामना ब्यक्त गरिरहेका छन् भने कोरियनहरु पनि निक्कै उत्साहका साथ प्रत्यक्ष प्रसारणको अवलोकनमा जुटेका छन् ।