रेशम चौधरिको रिहाइ लगाएतका माग राखी कोरिया बाट बुझाइयो संकलित हस्ताक्षरको साथमा ज्ञापन पत्र

323

टिकापुर घटनामा मुख्य दोषी ठहर्याइएका रेशम चौधरीको  यथाशिघ्र रिहाइ तथा हालै लोकसेवा आयोगले लिएको परिक्षा रद्व गर्नु पर्ने  माग राख्दै नेपाल आदिवासी  जनजाती महासंघ दक्षिण कोरियाले संकलन गरेको हस्ताक्षर सहित  नेपाल सरकारलाइ ज्ञापन पत्र बुझाएको छ l

आदिवासी जनजाती महासंघ दक्षिण कोरियाले केहि समय पहिला  २० हजार  हस्ताक्षर संकलन गर्ने लक्ष सहित अभियान चलाएको थियो l गत आइताबार उक्त अभियानबाट संकलित   हस्ताक्षर सहित   कोरिया स्थित नेपाली दुतावास मार्फत नेपाल सरकार प्रधानमन्त्री कार्यालयलाई ज्ञापन पत्र बुझाइएको महासंघका अध्यक्ष  युगेल टेन्डुप सेर्पाले बताए l

ज्ञापन पत्रमा अधिकार प्राप्तिको  राजनीति आन्दोलनको क्रममा भएको टिकापुर घटनामा गैर्ह न्यायिक तरिकाले अपराधि बनाइ जेल चलान गरिएका रेशम चौधरीलाइ अभिलम्ब रिहाइ गरिनु पर्ने l हालै लोकसेवा आयोगले लिएको परिक्षा रद्व गरि समावेसी आधारमा पुनः परिक्षा गराउनु पर्ने लगाएतका माग राखिएको छ l

२०७२ भदौ ७ मा कैलालीको टीकापुर नगरपालिकामा  थरुहट समर्थक प्रदर्शनकारी र प्रहरी बिच झडप हुँदा प्रहरी बरिष्ठ उपरिक्षक सेती अञ्चलका प्रमुख एसएसपी लक्ष्मण न्यौपाने सहित नेपाल प्रहरीका ५ जना तथा सशस्त्रका २ र १ नाबालक सहित ८ जनाको मृत्यु भएको थियो । आठजनाको ज्यान जानेगरी भएको उक्त  घटनाको मुख्य योजनाकार रहेको अभियोगमा रेशम चौधरीलाइ हाल जेल चलान गरिएको छ l

बुझाइएको ज्ञापन पत्र

प्रतिक्रियाहरू