रोजगारीका लागि पुनः कोरिया आएका चितवनका एक युवाले गरे आत्महत्या

0
8386

इपिएस मार्फत पुनः कोरिया आएका एक युवाले झुण्डीएर आत्महत्या गरेका छन् । चितवनका अन्दाजी ३६ वर्षीय ढाकाराम भुजेलले कम्पनीको गोदाममा झुण्डीएर आत्महत्या गरेका हुन् । मृतक भुजेल छल्लानाम्दोको सुन्छनस्थित गाईका लागि दाना बनाउने कम्पनीमा कार्यरत थिए । आज बिहान कम्पनीको रुपमा नभेटिएपछि सहकर्मीले खोज्दा भुजेल कम्पनीको गोदाममा झुण्डीएको अवस्थामा भेटिएका थिए । भुजेलले शनिवार बिहान अन्दाजी दुइ बजे तीर आत्महत्या गरेको कोरियन प्रहरीले अनुमान गरेको त्यहाँ कार्यरत नेपालीले बताएका छन् । कम्पनीमा कार्यरत नेपालीकाका अनुसार भुजेलले झुण्डीएर आत्महत्या गरेको विस्वास गर्न सकिएको छैन् । काममा अनुभवी र चार वर्ष दश महिना कार्यवधि सकेर पुनः आएको दुइ वर्ष भन्दा बढि समेत रहेका भुजेल हसिलो, काममा सहयोगी र सुरक्षित भएर काम गर्न सुझाव दिने गरेको पनि कम्पनीमा सँगै कार्यरत साथीभाई बताउछन् । सो कम्पनीमा आठ जना नेपाली काम गर्दै आइरहेका छन्

मृतक भुजेलको शव कोरियन प्रहरीले पोष्टमार्टमका लागि लगेको बुझिएको छ भने घटना बारे राजधानी सउलस्थित नेपाली एम्बेस्सी र नेपालका घरपरिवारलाई जानकारी गराइएको छ । मृतक भुजेल विवाहित रहेको बुझिएको छ ।
झण्डै चालीस हजार हाराहारी नेपाली कार्यरत रहेको कोरियामा विभिन्न कारणले आत्महत्या गर्ने नेपालीको संख्या बढिरहेको छ । विभिन्न खाले तनाबमा परी मनोरोगबाट प्रताडित हुने संख्या पनि बढि नै रहेको छ भने औद्योगिक र सवारी दुर्घटनामा पनि नेपालीले ज्यान गुमाउने गरेका छन् । यो हप्ता मात्रै सवारी दुर्घटनामा दुइ जना नेपालीको ज्यान गएको छ ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here