लुट ३ का कुरा

140

हामी सारा नेपालि र हाम्रो मनस्थिति को स्केच देखिएको छ यतिबेला । एउटा गितको माध्यम द्वारा । यो कुरा अाफैमा हास्यास्पद छ । र अन्य कुरा, पशुपति शर्मा र उनको गितको सपोर्ट गर्दैमा अाफूलाई राष्ट्रवादि ठानि नहालौँ अहिले नै । अनि यो गितको बिरोध नगरेमा कम्युनिष्ठ भईदैन कि, भनेर तर्सिनहालौँ अहिले नै ।

खास कुरा यस्तो पनि हुन सक्छ, दैनिक पत्रपत्रिकामा छापिने, रेडियो टेलिभिजनमा गुन्जिने, सामाजिक सन्जालमा छरपष्ट पारिने, बिभिन्न सभा र समारोह हरुमा बडो सु-सज्जित तरिकाले बोलिने तर सुन्नुपर्ने हरुले सुनेर पनि नसुनेझै गरेका, बुझ्नु पर्नेहरुले बुझेर पनि नबुझेझै गरेका शब्दहरु मध्येबाट तिनै तथ्यपरक र यथार्थ तर तिता शब्दहरु लाई लय हालेर मिठो स्वरमा एक जनाले गित बनाउछ । ( जुन कुरा सत्तामा पुगेर शासन चलाउने हरुले बर्षौँदेखि सधै बेवास्ता गरिरहे र निसंकोच, निर्लज्जता पुर्वक मनोमानि गरिरहे । सबै दल, नेता कार्यकर्ता र हरेक पदमा पुगेका देशका कर्मचारि हरुले ।

यो कार्य युगौँदेखि निरन्तर चल्दै अाइरहेको छ र चलिरहने छ देशमा । चाहे जो कोहि दलको नेतृत्व अाए पनि । यो गितले जति नै समर्थन तथा बिरोध पाए पनि ) मुख्य कुरा, बर्षौँ देखि यो गितमा भन्दा पनि बढि यथार्थलाई इंगित र चित्रित गरिएका गित, सिनेमाहरु सबैले सुने, हेरे तर क्यासेट, सि डि, डि भि डि मै सिमित भए । सायद यसको अबस्था पनि दुरुस्त हुनेछ केहि दिनमा । यो मेरो अनुमान हो । कविता, कथा र उपन्यासहरु स्कुल कलेजका पाठ्यक्रम मा राखिए, परिक्षामा हुबहु लेखिए , लाखौँ उतिर्ण भए । तर तिनका अावाजहरु, सन्देश हरु कहिल्यै स्कूल कलेजको काँडेतार नाघेनन् । हजारौँ गाईजात्रा हरु मनाईए ।

तिखा शब्द र दृश्यहरु देखाइए । तिनमा प्रयुक्त सबै कुरा पचाइए । पचाइनु भनेको पच्नु हो भने पचेको कुरा मलद्वार हुदै कुनै खाडलमा जान्छ र त्यो बेकामकै हुन्छ सायद । त्यस्तै भए ति सबै । दुखको कुरा त हो । अंग्रेजहरुलाई धपाउन सकेका हामीहरु मा यति ताकत छ कि, हामी सब थोक पचाइदिन सक्छौँ । भावनात्मक छौँ तर लाज, सरम को नाम निशान नै छैन हामिमा । सबै कुरा सँग साक्षात्कार छौँ तर कहिल्यै सुध्रिन नै चाहदैनौँ हामी । अज्ञानी लाई हो ज्ञान दिने र बाटो देखाउने । जानकारी गराउने र सज्जन बन्न प्रेरित गर्ने । जो ज्ञानवान छ त्यसलाई उ अाफू बाहेक कसैले सुधार्न सक्दैन । लुट्न सके लुट कान्छा, लुट्न सके लुट अरु देशमा पाईदैन नेपालमै हो छुट अहिले सम्मको अबस्था लाई यति राम्रो तितो यथार्थपरक शैलिमा मिठो गितको रुप दिने मलाई एकदम मन पर्ने लोक दोहरी गायक पशुपति शर्मा लाई स्यालुट ।

तर पनि, एउटा कुनै गित, कविता, कथा, उपन्यास, नाटक, फिल्मले यो देश सुध्रिने भए हामि सबै जना यसरी बेबकुफ बन्ने थिएनौँ होला बर्षौँ देखि ? हाम्रो देश यो अबस्थाबाट गुज्रिने थिएन होला ? गितले यसरी देशलाइ नै नतताउनु पर्ने भन्ने मेरो मनसाय होइन । तातेर केहि दिनमा सेलाउछ र उहि पुरानै पद्दति चलिरहन्छ भन्ने उद्दिग्न मनस्थिति मेरो हो । उसो भए बेकारको टाईमपास के का लागि ? लोक (जनता) ले डाँडाकाँडा गाइरहेकै कुरा, बोलिरहेकै, सुनिरहेकै,देखिरहेकै, भोगिरहेकै,खेपिरहेकै कुरा पशुपति का गितमा छन् । कसैले थाहा नपाएका कुरा जस्तै, – हज्जारौँ निर्मलाका बलात्कारि, दरबार हत्याकाण्डका हत्यारा, सयौँ किलो अबैध सुनका कुरा, मदन भन्डारिहरुका हत्यारा, जनयुद्दको बेला बेपत्ता पारिएकाहरु जस्ता कुनै रहस्यहरु छैनन् ।

तिनै कुराहरु छन् जो हर नेपालिहरु दैनिक साक्षात्कार भईरहन्छन् । तर कस्तो संयोग, नेता कार्जेकर्ताको तैँ चोर कि मैँ चोर खेल चलिरहेको । पशुपति शर्माको यतिबेलै पपुलर हुने योग चलेको । अरे ! बिशेष अाभार त उहाँ महाशय लाई जसले पशुपति शर्मालाइ फोन गरेर गितमा प्रयुक्त केहि शब्दप्रति अापत्ति जनाइबक्सेछ । नत्र, सयौँ रेष्टुराँ र ढावामा लुट साँझ कार्यक्रम का अायोजना कसरि हुदा हुन ? देशभक्ति नेपालिहरुका सितन कसरि चोटिला हुदा हुन ? काँचको गिलासमा स्वाद कसरी बस्दा हुन ? घरको काम छाडि छाडि मान्छेहरु सडकमा गितको कुरा नभाको भए के बहानामा लड्न जादा हुन ? सामाजिक सन्जालमा बुद्दिजिवि भनिने हरु के बहानामा झगडा गर्दा हुन ? बिकास र समृध्दि का बारेमा बहस हुनु पर्ने संसदमा के निहुमा जुहारी चल्दा हुन् ? साहुको काम गरि खाने दुखारी केटो मैले के लेखेर यो डिउटिको समय ठगेर बस्दो हुँ ? वास्तवमा, बिरोध लाइ नै बौद्दिकता ठान्ने भाइरस हामी नेपाली को गिदिबाट बाहिर ननिक्लदा सम्म केहि लछारपाटो लाग्नेवाला छैन् । प्रस्तुत गितमा देशमा बिध्यमान गलत नेतृत्वको बिरोध गरियो । सरकार पक्षद्वारा, यथार्थता कै बिरोध गरियो ।

अहिले जनमानसमा पनि अा अाफ्नै शैलिमा बिचार अाईरहेका छन् । जे सुकै अाएता पनि ति बिरोध नै बनेर अाइरहेका छन् । मत र बिमत, सहि र गलत दुवै कुरामा अाउन सक्छन् । कहिले सम्म हामी टाईमपास गर्ने यस्ता बहानाहरु खोजिरहने हो ? ए साँच्चि दिनभर सिन्को नभाँचेर सपना चाँहि समृध्दि का देख्ने ,दुनियाँ को कस्तो अजिब अजिब मान्छे जस्तै देखिने जन्तुहरु हामि नेपाली नै हौँ क्यार ? कठैबरी लै लै लै