Home अन्तर्वार्ता वमन फर वमन कसैको निजि संस्था होइन

वमन फर वमन कसैको निजि संस्था होइन

0
वमन फर वमन कसैको निजि संस्था होइन

कोरियाली भूमिमा बिशुद्द रुपमा नेपाली महिला दिदीबहिनी हरुको सहयोगार्थ  खोलिएको संस्था हो  वमन फर वमन l बिदेशी भूमिमा विभिन्न कठिनाइ र चुनौतीहरुका बाबजुत पनि यो संस्थाले नेपाली महिला दिदी बहिनीहरुको लाइ  अफ्ठ्यारो पर्दा  विभिन्न परोपकारी कामहरु गर्दै आइरहेको छ l

यसै सन्दर्भमा नेपाल को मुस्तांङ्क जिल्ला घर भै करिब आठ  वर्ष पहिला कोरिया प्रवेश गरि नेपाली दिदिबहिनिहरुको सुखदुखमा सधै हातेमालो गर्दै बिदेशी भूमिमा  निरन्तर रुपमा आफुलाई सदा सर्बदा परोपकारी काममा तल्लिन राख्ने एक ब्याक्तिव तथा वमन फर वमन दक्षिण कोरियाकि बर्तमान अध्यक्ष मल्लिका हिराचन  थकालिसंग हेल्लो नेपाल कोरिया डट कम सम्बादाता पत्रकार किशन गौतम ले  वमन फर वमनका बिबिध गतिबिधिहरुमा  केन्द्रित रहेर  संछिप्त कुराकानीको आधारमा तयार परेको एक रिपोर्ट l

प्रश्न : वमन फर वमन संस्थाको मुख्य उदेश्य को हो ?


उत्तर : यो एउटा  बिशुद्ध नेपाली  महिला दिदिबहिनिहरुको लागि खोलिएको संस्था हो l बिदेशी भूमिमा कोहि पनि महिला दिदिबहिनिहरु बेसहारा बन्न नपरोस l कम्पनि मा काम छाडेको बेला होस् ,या कम्पनिमा विभिन्न खाले  दुर्ब्याबहारमा परि पिडित भएको अबश्थामा होस् वा बिरामी परेको अबश्थामा होस् l त्यस्तो अबस्थामा उनीहरुको सहारा बन्न सकौं भन्ने उदेश्यका साथ् खोलिएको संस्था हो  यो l र अर्को उदेश्य भनेको प्रवासमा छरिएर रहेका महिला दिदीबहिनीहरुलाई संगठित गर्न सकियोस भन्ने पनि हो l

प्रश्न : कोरियामा रहेकका अन्य संघसंस्था भन्दा केहि फरक छ कि यो संस्था ?


उत्तर : एकदमै फरक छ यो संस्था l पहिलो कुरा त यो संस्था भनेको मात्र महिला दिदीबहिनीहरुको लागि हो भने अर्को कुरा भनेको यो संस्था बोल्ने मात्र होइन गरेरै देखाउने संस्था हो l हामीले गरेर देखाएका उदाहरण हरु धेरै छन् l यो संस्थाको  खास गरि महिला दिदि बहिनिहरुकै नेतृत्वमा प्रवासमा मात्र होइन नेपाल सम्मै  पनि केहि गर्न सकौं भन्ने मुख्य उदेश्य रहेको छ l र अर्को कुरा यो संस्था एउटा बिशुद्द समाबेसी संस्था हो l न त यसमा कुनै जातीयता छ , न त कुनै क्षेत्रियता छ ,न त कुनै राजनीतिबाट प्रेरित छ l


प्रश्न :  यो संस्था खोल्नुमा सबैभन्दा ठुलो भूमिका कसको रहेको छ ? केहि संस्थापक हरुका नाम दिनु पर्दा अग्रपंक्तिमा को को आउनु हुन्छ ?


उत्तर: यो एउटा साझा संस्था हो  कसको कति भूमिका भन्दा पनि यसको स्थापना तिर जाउँ l सन् २०१० मा एमटियुमा काम गर्नु हुन्थ्यो मंजु थापा मगर ,उहाले हामीलाई नेपाली महिला दिदि बहिनीको लागि एउटा साझा संस्था खोलौ भन्ने सल्लाह दिनु भयो उहाकै सल्लाह अनुसार कोपिला राइ संस्थापक अध्यक्ष्य रहने गरि यो संस्था खोलियो l यो संस्थाको संस्थापक अध्यक्ष्य कोपिला राइ हो भने मंजु थापा मगर संयोजक हो l संस्था जन्माउने क्रममा डम्बर सुब्बा ,डेबिड राइ लगाएत संरक्षक सल्लाहाकार हुनुहुन्थ्यो l दोस्रो कार्यकालमा जुनु गुरुङ अध्यक्ष्य हुनु भो भने तेस्रो कार्यकालको अध्यक्ष म छु l म एउटा कुरा के  स्पस्ट पार्न चाहन्छु भने   यो संस्था कसैको ब्याक्तिगत वा निजि  संस्था  होइन र कोहि एकजनाले  ब्याक्तिगत रुपमा मैले यो गरे मैले उ गरे भन्नु अर्थ हिन छ l यसमा हामि सबैजना स्थापना काल देखि नै लागि परिराखेका छौ र यो सस्थालाई हुर्काउने बढाउने मा हामि सबैको दाहित्व बराबर जस्तै छ l

प्रश्न : तपाइँ अध्यक्ष भैसकेपछि के कस्ता प्रत्यक्ष देखिने  कामहरु गर्नु भयो ?


उत्तर : प्रथम त म अध्यक्ष भैसकेपछी सेल्टर लाइ ब्याबस्थित गरियो l पहिला एउटा सिंगल कोठा थियो भने अहिले ५ वटाकोठा भएको सुबिधा सम्पन्न  अपार्टमा सारिएको छ l सेल्टरमा l फ्री वाईफाई ,वाशिंग मेसिन आदि कुराको पनि ब्याबस्था गरिएको छ l सेल्टरमा बस्न आउने दिदिबहिनि हरुको लागि खाने बस्ने कोहि बिरामी हुनुभयो भने औसधि उपचारको ब्याबस्था आदि कुरामा धेरै नै सुधार ल्याइएको छ l नेपाली दाजुभाई संग सहयोग मागेर हुन्छ कि कुनै कार्यक्रम गरेर हुन्छ कि संस्थालाइ आथिक रुपले कसरि सक्षम बनाउन सकिन्छ भनेर निरन्तर लागिपरेका छौं  l र मेरो कार्यकालमा  धेरै कुरामा सुधार आएकोपनि छ l यो कुरा मैले भन्नु भन्दा पनि यहाँ बस्न आउने दिदिबहिनीहरु संग  बुझ्न सक्नु हुन्छ l मेरै कार्यकालमा संस्थालाई आर्थिक रुपमा सबल बनाउनका लागि नेपाली चलचित्र नतिजा देखाइयो, चिठ्ठा कार्यक्रम गरियो , सभासद श्रीमाया थकालिकाइ कोरियामा महिलाको अबश्था बुझ्नको लागि नेपाल बाट झिकाइयो  l भैलो खेलेर हुन्छ कि तीजको कार्यक्रम गरेर हुन्छ संस्थालाई आर्थिक रुममा बलियो बनाउने प्रयासमा छौ हामि l

प्रश्न:  यो संस्थामा बिशेष गरि महिला दिदिबहिनि हरुका कस्ता खालका गुनासाहरु आउने गर्छन ? अथवा कोरियामा महिला दिदीबहिनीहरुले भोगेका समस्या कस्ता खालका छन् ?


उत्तर :खासगरि हाम्रो संस्थामा इपिएस भिषामा आउने महिला दिदिहिनिहरुका गुनासाहरु धेरै आउने गरेका छन् l खास गरि कृषिमा आउनेहरुलाई अलि दुर्ब्यबाहार गर्ने, आएको १/२ महिनामै काममा राख्दिन  भनेर बिदा दिने , धेरै गार्हो काम लगाउने ,बिदाको दीनहरुमा पनि काम लगाउने तर तलब बेसिक मात्र दिने आदि गरेको पाइयो भने कम्पनि तिरपनि अलि दुर्ब्याबहार गर्ने आफुले सोचेको जस्तो नभए गार्हो कम गर्न लगाउने , मानसिक टर्चर दिने ,बिरामी हुदा औसधि उपचार नगराउने आदि समस्याहरु छन् भने l अर्को समस्या कोरियन नागरिक संग बिबाह गरेर आउने महिला दिदिबहिनिहरुले  भाषा, रहनसहन आदि नमिलेकै कारण पिटाइ खानु पर्ने l बिना कारण घर निकाला हुनु पर्ने आदि थुप्रै गुनासाहरु आउने गरेका छन् l

प्रश्न : यो संस्थाबाट नेपाली महिला दिदिबहिनि हरुले कस्तो आशा राख्न सक्छन ?


उत्तर : यो संस्था भनेकै महिला दिदिबहिनिहरुको लागि हो l यदि तपाई काम छाडेर बस्नु भएको छ ,खानाबस्नको लागि समस्या छ भने   हामिकहाँ आउनुहोस हामीले सक्दो सहयोग गर्नेछौ l हामीले स्वाश्थ्य शिबिरहरु पनि चलाएका छौ l कोहि बिरामी हुनुन्छ अस्पताल जादा भाषाको समस्या हुन्छ भने हामिलाइ सम्पर्क गर्नुहोला l त्यस्तै मुख्यकुरा त प्रवासमा आफुलाई एक्लो भएको महसुस नगर्नुहोला l यो संस्था तपाईहरुको भलाइको लागि नै खोलिएको हो l

प्रश्न :संस्थाका चुनौतीहरु के कस्ता छन् ?


उत्तर : चुनौतीहरु त धेरै छन् ,प्रथम त अपार्ट भाडा तिर्नलाइ नै समस्या छ l अपार्टको भाडा मासिक  ६लाख छ l सेंगिल चर्च को बोक्सानिम बाट  मासिक तीन लाख पाएका छौ  भने बाकि भाडा बिजुली ,पानि आदि जुटाउनको लागि विभिन्न कार्यक्रम जस्तै तीज को कार्यक्रम गरेर होस् वा  ,भैलो खेलेर  गरेर होस् वा नेपाली दाजुभाईहरुसंग सहयोग मागेर होस् वा मासिक लेबी उठाएर  के कसरि हुन्छ धेरै मुस्किलले चलाईराखेका छौ l तर नेपाली दाजुभाईहरुले निकै सहयोग गर्नु भएको छ l


प्रश्न – सहयोगी दाता हरुका केहि नाम लिनु पर्दा ?


बिसेष गरि हाम्रो मुख्य सहयोगी दाता भनेको सेंगिल चर्च नै हो,  त्यसबाहेक नमस्ते कोरिया लगाएत का  नेपाली संघ संस्था हरु छन् जस्तै एनआरएन कोरियाका अध्यक्ष्य राजु क्षत्रि , एनसीसी कोरिया का अध्यक्ष प्रेम शाह , त्यस्तै बिनोद कुँवर, केपी सिटौला   ,लोचन राइ ,गिरिराज कुँवर लक्ष्मी गुरुङ , तारा केसी रबिन तामाङ्ग,पुरु जोशी ,चित्र मोक्तान , पशुपति माट, अन्जु केसि ,यम श्रीष मगर , तेजेन्द्र सुबेदी आदि लगाएत संघ संस्थामा रहनु हुने ब्याक्तित्व हरुले सहयोग गरिराख्नु भाको छ l

प्रश्न : अन्त्यमा के भन्न चाहनु हुन्छ सम्पूर्ण  नेपाली दिदीबहिनी हरुलाई ?

उत्तर : सर्बप्रथम म  नेपाली दिदिबहिनि हरुलाई के  भन्न चाहन्छु भने सकेसम्म हामीहरु आफ्नो मेहनत ,बुद्दी बिबेकले काम गरौँ l  यो कुरा बुझ्न अति नै जरुरि छ कि हामि प्रदेशमा किन आएको भन्ने कुरा मानसिक रुपले तयारी हुनु अति नै आबश्यक कुरा हो  l अर्को कुरा कसैलाई आपत परेको छ भने हामीसंग आउनुहोस l सेल्टर छ खान बस्नको ब्याबस्था गरेका छौ l आफ्नो कुराहरु सेयर गर्नुहोस l हामि हरदम सहयोगको लागि तयार छौ l महिला दिदिबहिनिहरु लाइ संगठित गराएर एउटइ छात्र छायामुनि राख्ने हाम्रो उदेश्य हो l र अन्त्यमा तपाइँहरुको मिडिया मार्फत के भन्न चाहन्छु भने सम्पूर्ण नेपाली महिला दिदिबहिनिहरु तपाइहरुले प्रबासमा सिकेको ज्ञान र शिप लाइ सदै नेपाल र नेपालीहरुको हित मा पर्योग गर्नुहोला l  नेपाली महिलाहरु देशको मुहार फेर्न सक्षम छन् भन्ने उदाहरण बनेर देखाउनुहोस l सम्पूर्ण  सहासिक नेपाली महिला दिदिबहिनीहरुलाइ मेरो शुभकामाना l

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here