विराट ज्ञानमहायज्ञ तनँहुको लागी दक्षिण कोरियाबाट पठाइयो भेटी श्वरुप ने.रु. एक लाख चौध हजार सात सय पाँच

133

तनहुँ जिल्ला अन्तर्गत देवघाटधाममा अवस्थित महेश संस्कृत गुरुकुलमा देवघाटधाम विराट् ज्ञानमहायज्ञ भव्य रुपमा सम्पन्न भएको छ । लगभग १५००० भक्तजनहरुको सहभागी भई कथा श्रवण गर्नुभएको उक्त महायज्ञमा महेश संन्यास आश्रमका पीठाधीश श्री १००८ रमणानन्द गिरिजी महाराज कथा वाचक हुनुहुन्थ्यो ।

उक्त महायज्ञको सहयोगका लागि दक्षिण कोरियामा रहेको एक मात्र आध्यात्मिक संस्था सनातन साहित्य सङ्गीत साधना समूह (पाँच-स) दक्षिण कोरियाका संरक्षक श्री एकराज दाहालको संयोजकत्वमा कोरियामा रहेका वैदिक सनातन धर्ममा आस्था राख्ने नेपाली दाजुभाइ दिदीबहिनीहरुबाट कोरियन वन ११४९६११ अर्थात रु.११४७०५ (अक्षरुपी रु. एक लाख चौध हजार सात सय पाँच) महेश संस्कृत गुरुकुल देवघाटधाम विराट् ज्ञान महायज्ञमा हस्तान्तरण गरिएको छ ।

-- Ad --


यो अभियानमा विशेष रुपमा सहयोग गर्नुहुने “पाँच-स” दक्षिण कोरियाका अध्यक्ष भवश्वी बम्जन, उपाध्यक्ष निराजन अर्याल, महेश गुरुकुलका पूर्व छात्र शिषिर नेपाल, महेश संस्कृत गुरुकुलकै पूर्व छात्र पंकज दाहाल अनि विजय पन्थले विशेष भूमिका निभाउनुभएको थियो । नेपालकै सर्वोत्कृष्टगुरुकुलको रुपमा परिचित महेश संस्कृत गुरुकुल आश्रम विद्यापीठ देवघाटधाम तनहुँ जहाँ वैदिक संस्कृति तथा गुरुकुलीय शिक्षा ग्रहण गर्न चाहने जेहन्दार विद्द्यार्थीहरुको समुज्ज्वल भविष्यका निमित्त भोजन आवास आदि नि:शुल्क सुविधाका साथ कक्षा ६ देखि आचार्य (एम.ए) सम्म अध्यापन हुन्छ। हाल २०५ जना विद्यार्थीहरु रहेको उक्त गुरुकुलमा गुरुकुलको अक्षयकोष स्थापना तथा संवृद्धिका निमित्त यही माघ २२ देखि फाल्गुण १ सम्म भव्यरुपमा सम्पन्न विराट् ज्ञान महायज्ञमा दान दिई पुण्य आर्जन गर्नुभएका दक्षिण कोरियामा रहनु हुने महानुभावहरुलाई पाँच-स हार्दिक धन्यवाद ब्यक्त्त गर्दछ ।