विवेकशील शाझा फुट सेरोफेरो मेरो विष्लेषण

445

मेरो जस्तै आम नेपाली जनताको विवेकशील साझा प्रती केही आसा थियो तर हिजोको फुटको समाचारले सबैलाई दुखी तुल्याएको छ। म एउटा समर्थकको नाताले यो पार्टी प्रतिका गतीबिधीमा अधिक चासो नै राख्ने गर्दछु। कम्तीमा फोहोरी राजनीतीबाट उकुस मुकुस भएका जनतालाई स्वास फेर्ने ठाँउ त छ नि भन्ने लाग्थ्यो तर हिजोको फुटले उस्तै ठाँउमा जोख्नुपर्ने बाध्यता गरायो कि त जुटनुहुदैन्थ्यो, जुटेपछी फुटनुहुदैन्थ्यो।

सामान्य मतभेद त जँहा पनि भईहाल्छ। लामो दुरी पार गर्ने सोचेर हिडेकोले साना-तिना अफ्टेरालाई त सजिलै समाधान गर्न सक्नुपर्दथ्यो। अब यता तिर नजाऔ, मलाई यसमा दुवै पक्षको उत्तिकै गल्ती लाग्छ । स्वीकार्नु पर्छ नै पुर्व विवेकशील र अहिलेका विवेकशील साथीहरु म राजनीतीमा कमजोरै ठान्छु। उँहाहरु नेत्रृत्वलाई चल्न चटपटाउन दिनुहुन्नु। नेत्रृत्वलाई स्वतन्त्र निर्णय गर्न दिनुहुन्न। सानो-सानो कुरा पनि सतहमा ल्याउने अनि मासबाट निर्णय गराउने नेत्रृत्वलाई निकम्मा बनाउने यस्तो प्रवृत्ती हावी छ अनी काठमाण्डौलाई मात्र नेपाल सम्झने काठमाण्डौमा प्लेकार्ड लिएर उभिने फेसबुकमा आलोचना गर्ने कुरालाई राजनीती सम्झनु हुन्छ तर त्यँहा प्रतिपादन गरेका सिस्टम सिद्धान्त एकदमै राम्रा पनि छन तर यसको गाँउ-गाँउसम्मको प्रचार बुझाउने मान्छेको कमी छ। जति हुनुहुन्छ, माईतीघर मै भेटिनुहुन्छ त्यही नै राजनीती सम्झनुहुन्छ ।

-- Ad --


अब, विवेकशील शाझाको कुरा गरौ नाम छ, पहिचान छ नेत्रृत्वको तर दम्भ पनि दुई गुणा बढी छ उँहाहरु रिटायर्डलाई मात्र विज्ञ मान्नुहुन्छ अनि अमेरीकाको कुनै विश्वविधालयबाट ग्रेजुयट गरेकोलाई मात्र आफुसंगै राजनैतीक हातेमालो गर्न सक्ने हैसियत भएको सम्झनुहुन्छ। पूर्व विवेकशीलका कार्यकर्तालाई त भुराभुरी सम्झनुहुन्छ । अहिलेको विवादको मुल जरो पनि यही हो उँहाहरु प्रदेश संयोजक चुन्दा धनाड्य भैपरी आउदा चन्दा दिन सक्ने खालको खोज्दै चुनिरहेको छ भने अर्को पक्ष चाहिँ माईतीघरमा प्लेकार्ड बोकेको फेसबुकमा २/४ वटा आलोचनात्मक लेख लेखेको हुनुपर्छ भन्ने पक्षमा छ मुल विबाद यही हो ।

उज्वल थापा राजनैतिक योजनाकार हुन सक्नुहुन्छ तर प्रफमर होईन उँहा आफ्ना कुरा जनतामाझ स्पष्ट ढंगले बुझ्ने गरी पुर्याउन सक्नुहुन्न यति सम्म की फरक मत राख्दा केन्द्रीय समिती भन्दा पहिले बाहिरै आउट गर्नुभयो। छलफलमा भन्दा प्रचारमा लाग्नुभयो उँहाहरुको पुर्व योजना पनि हुन सक्छ पार्टीमा। संगै बस्न नसकिने भए पछि बहिर निकालौ अनी अलग हौँ भन्ने यो मैले बुझ्न सक्दिन तर उज्वलजीलाई एउटा कुरा भन्छु जब राजनैतीक मैदानमा उत्रे पछि गीतकार, संगीतकार जस्तो पर्दा पछाडी नवस्नु होला। प्रफमर हुनुस्, प्रफमरलाई मात्र जनताले चिन्छन्। सधै प्लेकार्ड बोकेर मात्र हुन्न। चुनाव पनि जित्नुपर्छ। चुनाव जित्नलाई जनताले चिन्नुपर्छ । तपाईको यही साई नेचरले क्याम्पेन वाला संयोजकको बिल्ला भिर्नुपरेको हो ।

अब, रबिन्द्र मिश्र जी को कुरा गरौ, उँहा पुराना गीत रिमिक्स गरेर नँया बनाउने कोसिसमा हुनुहुन्छ तर प्रफमर चाँही हुन है। भलै, गलत साथीहरुको संगतमा परेका होलान् तर प्रस्तुती दमदार हुन्छ। एउटा राजनीतीज्ञमा हुनुपर्ने गुण चाँही यिनमा छ। सिस्टम र विधानमा टेकेर हिडने र कार्यकर्ता चिन्ने हो भने भविष्य यिनको सोचमा छ । उज्वल समुह विधी-विधान भन्दा एक ईन्च चल्नै हुन्न भन्छ यो राम्रो पक्ष हो तर नेत्रृत्व र कार्यकर्तालाई अठ्याएर राख्न चाँही हुन्न । यति सम्म कि वोल्ने कुरा, भाषण गर्ने कुरा पनि चेक जाँच गर्न खोज्छन्। साथीहरु सानो सानो कुरा सतहमा ल्याउन खोज्छ्न् ।

साथीहरु एकपटक मलाई पनि यस्तै भएको छ। कोरीयाको कार्यसमितीको एक जना साथीले विवेकशील लेख्दा “पातलो स” लेखिस् भनेर नि बखेडा झिक्नु भयो। यस लगत्तै साथीहरुमा राजनैतीक चेतनाको विकास हुन समय लाग्ने रहेछ भनेर म समर्थक मात्र भएर बसेको छु। जुन दिन नेपालमा स्थाई बस्ने गरी जान्छु त्यसपछी केही गर्छु भनेर समर्थकमा रमाई राखेको छु र अहीले पनि तत्काल क्याम्पेन बदल्ने सोचमा छैन । नेपाली जनता पार्टीका कार्यकर्ता नेत्रृत्वको सिमीत स्वार्थको लागि ढर्रा परीवर्तन गर्दा जुटने र फुटनेको मनोवल बढेको हो त्यसैले, आजको फुटले वैकल्पिक राजनितीको उध्यस्य पनी उदांगो बनाईदिएको छ। यसबाट दुबै पक्षलाई घाटा छ । आँउदो निर्वाचनमा रन्जु दर्शनाले काठमाण्डौको मेयर जित्छिन् भन्ने आसा लागेको थियो हिजोको फुटले यो आसा पनी हराएको छ। विवेकशीलमा होल टाईमर कार्यकर्ता छैनन् किन की धेरै जसो युवा छन्। उनीहरु आफ्नो ब्यक्तीगत दैनिकी चलाउन संघर्ष पनि गर्नु छ शाझामा रिटायर्ड धेरै छन उनीहरुलाई फुर्सद छ। मिडीयामा पनी उनै छाईरहेका छन्। नाम उनैको अग्रपंतीमा आँउछ। महाधिवेसनमा उज्वल थापाले रवीन्द्र मिश्रलाई वाईपास गर्न नसक्ने स्थिती पनी छदैँ थियो त्यही डरले पनि यो पार्टी चाँडै फुटाउनु पर्नै बाध्यता आईलाग्यो जस्तो लाग्छ। स्वार्थ जे होस् । राम्रो काम कदापि भएको छैन। हामी जस्ता युवाको मन कुँडाएको छ र यसले राम्रो नतिजा पनि ल्याउन सक्दैन्। जनतालाई भ्रमित गर्नै र गुम्राहमा राख्ने काम भयो । यसले सबैलाई दुखीत बनाएको छ ।

लेखक: शेषु कोईराला – हाल दक्षिण कोरीया