विश्व कोरियन भाषा बक्तृत्व प्रतियोगितामा नेपालको तर्फ देखि कमल गौतम छानिए

1301

कोरियामा प्रत्येक बर्ष हुने विश्व कोरियन भाषा  बक्तृत्व  प्रतियोगितामा नेपाल बाट कमल गौतम छनोट भएका छन् ।इपीएस प्रणाली मार्फत ४ बर्ष अगाडी कोरिया प्रबेश गरेका गौतम बक्तृत्व प्रतियोगिता का लागि छनोट चरण पार गर्दै सहभागी हुन लागेका हुन् ।

यहि मे-१४ तारिक मंगलबारका दिन सउल स्थित KHYUNG HEE UNIVERSITY को क्राउन हलमा  हुन लागेको २२ औं विश्व कोरियन भाषा वक्तव्य प्रतियोगितामा कमलले पहिलो पटक नेपालीको तर्फबाट सहभागी जनाउन लागेका छन् । KHYUNG HEE University र योन्हाप न्युज को संयुुक्त आयोजनामा हुन लागेको उक्त कार्यक्रममा ५८ देशका १३१६ प्रतियोगी माझ लेखन र प्रारम्भिक प्रस्तुति गरि दुइ चरणबाट छनोट प्रक्रिया गरिएको थियो ।

उक्त छनोट चरणमा नेपाल, फ्रान्स, जापान, चिन, रुस सहित १३ देशका १६ प्रतिस्पर्धी छ्नोट भएका छन। सन् १९९८ बाट सुरु भएको यो प्रतियोगिता शुरुको बर्षमा आवेदन दिनेको संख्या ११ देशका ५६ जना बाट थिए भने गत बर्ष ५५ देशका ११९५जनाले आवेदन भरेका थिए ।

अहिले २२ औं बर्षमा नेपालका तर्फबाट कमल गौतम प्रतिस्पर्धीको रुपमा पहिलो पटक छनोट भएका छन् । आफुले भोगेका, बुझेका अनि सिकेका कुराहरू कोरियन समुदाय माझ प्रस्तुत गर्ने मौका मौका पाउँदा अत्यन्तै उत्साहित बनेको प्रतियोगी गौतम ले बताए ।युद्दले जर्जर बनेको कोरियाले आधा शताब्दी भित्र बिश्वको नजर खिच्ने गरि बिकाश गर्नमा के कति योगदान गर्यो ? नेपालजस्तै बिश्वका सयौ बिकासोन्मुख मुलुक हरु ले कोरिया बाट के सिक्ने भन्ने जस्ता बिषय हरु प्रतियोगितामा प्रस्तुत गर्ने बताएका छन्

प्रतिक्रियाहरू