विश्व शान्ति तथा अध्यात्म विज्ञान समाज दक्षिण कोरियाको गठन

326

विश्वभरि  नै शान्ति प्रेम मानवता र भादृत्व बिस्तार गरि बिभिन्न देशमा सकारात्मक अभियान संचालन गर्दै आईरहेको यस “विश्व शान्ति तथा अध्यात्म  विज्ञान समाज (Global society for peace and Spiritual Science <GSPSS>  ले उक्त समाजका सस्थापक अध्यक्ष श्री आचार्य राजन शर्मा जी को उपस्थितीमा  यहिँ मिती १८  र १९जनवरी २०२० का दिन कोरियामा अनेसास कोरिया च्याप्टर र सुभेच्छा रेस्टोरेंट द्वारा आयोजित दुई दिने अर्न्तर्राष्ट्रिय योग शिविर,तनाव ब्याबस्थापन र खुसी कला प्रशीक्षण कार्यक्रम गर्दै कोरियामा रहेर जीवन रुपान्तरणका निम्ती योग ध्यान तपमा सरिक हुने सकारात्मक  प्रेमिहरुको समुहले सो साखा बिस्तार गरेको सस्थाका बरिष्ठ उपाध्यक्ष क्रिश गुल्मेलि बाबुले जानकारी दिनु भयो ।
मोटोपन घटाउने सुन्दर   र स्वस्थ बन्ने दिव्य  योग सूत्र जान्न  वा चिन्ता,तनाव वा थकान बाट मुक्त हुन,मधुमेह , युरिक एसिड ,महिनावारीको अस्वस्थता , भुल्ने रोग लगायतको प्राकृतिक उपचार देखि जीवनमा सफलता पाउंने सूत्र जन्न अनि साना परिवर्तनबाट  जीवनलाई नयाँ मोड दिन मानब जीवनमा योगको महत्वपुर्ण भूमिका रह्न्छ भन्ने कुरा  योगमा विश्व कृतिमान राख्न सफल अस्ट्रेलिया बाट पाल्नुभएका योग गुरु तथा उत्प्रेरक शर्मा ले बताउदै यस्मा सबैजनालाई आवद्घ हुन आग्रह  गर्नुभयो   ।
उक्त कार्यक्रम लाई कोरियाकी सफल ब्याबसायि, समाजसेबी जुनु गुरुङ ले बिभिन्न किसिमले सहयोग गर्दै आफ्नै रेस्टुरेन्ट को हलमा कार्यक्रम गर्ने ब्यबस्था मिलाउनुभएको थियो भने उक्त कार्यक्रमलाई साहित्यकार लोकराज न्यौपाने ले संचालन गर्नुभएको थियो ।
सो साखामा निम्नानुसार पदाधिकारी हरु रहेका छन ।
अध्यक्ष- जुनु गुरुङ
ब.उपाध्यक्ष-कृश गुल्मेली बाबु
उपाध्यक्ष- सरोज सर्बहारा
उपाध्यक्ष-गंगा श्रेष्ठ
महासचीब-प्रमोद साराङ्
सचिब- लोकराज न्यौपाने
कोषाध्यक्ष -महेस कोईराला
सदस्यहरु- डि आर न्यौपाने  ‘सुर्य ‘
-पदमा श्रेष्ठ
-नबिन श्रेष्ठ
-लेखनाथ ढकाल

प्रतिक्रियाहरू