शव नेपाल लैजान नसक्दा कोरियामै अन्त्येष्टि

1584

स्याङ्जा किचनासका खड्गबहादुर थापा मगरको शव नेपाल लैजान नसक्दा आइतबार कोरियामै अन्त्येष्टि गरिएको छ ।

लकडाउनका कारण हवाई क्षेत्र अवरुद्ध हुँदा ३३ वर्षीय थापाको कोरियाको इन्छन फेमिली पार्कको ह्वाजाङ शवदाहगृहमा विद्युतीय माध्यमद्वारा अन्त्येष्टि गरिएको हो । उनी गत वैशाख ३० गते सुतेकै अवस्थामा मृत भेटिएका थिए ।

अनुमति रोजगारी प्रणालीमार्फत रोजगारीका सिलसिलामा ख्यङ्जु शहर नजीकै एक कम्पनीमा कार्यरत थापा दोस्रो कार्यकालका लागि कोरिया आएका थिए ।

उनका परिवारमा आमा र दुई दाजु छन् । थापाको कम्पनीमा उनीसहित पाँच नेपाली र तीन चिनियाँ विदेशी कामदारका रुपमा कार्यरत थिए ।

अहिलेको कोरोनाका कारण विषम परिस्थितिमा उनको शव नेपाल ल्याउन असम्भव देखिएपछि परिवारको सहमतिमा कोरियामा नै अन्तिम दाहसंस्कार गरिएको नेपाल मगर संघ कोरियाका अध्यक्ष सिपी मगरले बताए ।

प्रतिक्रियाहरू