शिखर बार्ताको निमित्त सार्बजनिक रेल चढेर भियतनाम जादैछन उत्तर कोरियाली नेता किम

721

विश्वमै शक्तिशाली मानिने उत्तर कोरियाली नेता किम जोंङ उन अमेरिका संगको शिखर बार्ताको लागि भियतनाम प्रस्तान गर्ने मिति तय भएको छ l  यहि फेब्रुरी २७ र २८ तारिख हुने दोश्रो चरण को बार्ताको निमित्त उनले आफ्नो यात्रा सार्बजनिक रेल मार्ग तय गरेको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् l किमले आगामी हप्ताको सुरुवातमै आफ्नो यात्रा तय गर्ने छन् l

उनि आगामी सोमाबार दक्षिण पूर्वी राष्ट्र हुदै आफ्नो यात्रा तय गर्ने बताइएको छ l श्रोतका अनुसार उनलाई रेल यात्रा मार्फत चिन हुदै भियतनाम पुग्न करिब ३ दिन लाग्ने छ l तर उनको बिसेष सुरक्षा ब्याबस्था बारे भने खुलाइएको छैन l

उनको रेल यात्रा भियतनामको सिमा क्षेत्र दोंग दांग सम्म मात्र हुने छ भने त्यहाबाट उनि हनोई रिसोर्ट ( तोकिएको बार्ता स्थल ) सम्म १ सय ७० किलोमिटरको  यात्रा सडक मार्फत तय गर्ने छन् l

विश्वकै इतिहासमा शक्तिशाली मानिएका नेताहरुले यति लामो दुरी सार्बजनिक सवारी साधन मार्फत तय गरेको सम्भबत यो पहिलो घटना हुनेछ  l

यसपटक किमको यात्रालाई अन्तर्राष्ट्रिय जगतले निकै महत्वका साथ हेरेको छ l

प्रतिक्रियाहरू